चक्कु देखाएर दिउँसै लुटेराले लुटे भक्तपुरबाट ६ लाख रुपैया


भक्तपुर, साउन १६ गते । भक्तपुर नगरपालिका ८ ल्यासिंखेल चुपिनघाँटस्थित कहाँल्चामा मोटरसाईकलमा आएका दुईजनाले चक्कु देखाएर एकजनासँग ६ लाख नगद रुपैयाँ लुटेर भागेका छन् ।

चाँगुनारायण नगरपालिका ६ नगरकोट फेदी बस्ने वर्ष ५४ का परशुराम बजगाईले घरबाट ल्याएको चार लाख र कमल विनायकस्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको दुई लाख गरी कुल ६ लाख लिएर सूर्यविनायकतर्फ जादैगर्दा लुटेराले बाटैबाट लुटपाट गरेका थिए ।

बजगाईले भन्नुभयो– “पैसा लिएर सूर्यविनायकमा निर्माण मजदूरहरुलाई मासिक ज्याला दिन जादै थिए, मोटरसाईकलमा आएका व्यक्तिले चक्कू झिकेर कराईस् भने मारिदिन्छु भन्दै पैसाको झोला खोसेर लगे, मेरो होसहवास नै उड्यो ।”

मंगलबार दिउँसो सवा ११ बजे बैंकबाट पैसा झिकेर झोलामा हालेर हिडेरै सूर्यविनायक तर्फ जादैगर्दा एकान्तमा पारेर मोटरसाईकलमा माक्स लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाईले बताउनुभयो ।

निर्माण व्याबसायी समेत रहनुभएका बजगाईले भन्नुभयो– “पैसा लिएर सूर्यविनायकमा निर्माण मजदूरहरुलाई मासिक ज्याला दिन जादै थिए, मोटरसाईकलमा आएका व्यक्तिले चक्कू झिकेर कराईस् भने मारिदिन्छु भन्दै पैसाको झोला खोसेर लगे, मेरो होसहवास नै उड्यो ।”

घट्ना भएलगत्तै महानगरीय प्रहरी परिषर भक्तपुरलाई घट्नाबारे जानकारी गराएको बताउँदै पीडितका भाई सोम शर्मा (बजगाई) ले घट्नाको तत्काल अनुसन्धान गरी लुटेरा पक्राऊ गरी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराउन माग गर्नुभयो ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले घट्नाको जानकारी आए लगत्तै चारैतर्फ कडाईकासाथ चेकजाँच गरेर लुटेराको खोजी भइरहेको बताउनुभयो । उहाँले बैंकको भित्र रहेको सिसि क्यामरा र अन्य अनुसन्धानको प्रक्रिया अपनाएर लुटेराको खोजी भइरहेको बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले नेपाल बैंक लिमिटेडले बैंक बाहिर सिसि क्यामरा नराख्दा अनुसन्धानमा समस्या आएको बताउँदै बैंकहरुको लापर्वाहीले यस्ता घट्ना घट्ने गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया