विश्व आदिबासी दिवसलाई महासंघले आन्दोलनकै रुपमा मनाउने गर्यो घोषणा


काठमाडौं, साउन १६ गते । नेपाल आदिबासी जनजाति महासंघले यस वर्षपनि आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस २०७५ मनाउने घोषणा गरेका छ ।

महासंघले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर यस वर्षको २४ औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै रुपमा मनाउने घोषणा गरेको हो । महासंघले घोषणा गरेको विश्व आदिवासी दिवस लक्षित विविध कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासी जानजातिको पहिचान सुनिश्चित गर्न माग गरेको छ ।

संविधान संशोधनको माग गर्दैआएको महासंघले विश्व आदिवासीवासी दिवसको सन्दर्भमा साउन १९ र २० गते काठमाडौंमा ‘आदिवासी जनजाति वृहत राष्ट्रिय राजनीतिक सम्मेलन’ गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

संविधान जारी हुनेबेला छुट्टै आन्दोलन गरेको पद्यरत्न तुलाधार नेतृत्वको ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल’ ले समेत यसवर्ष महासंघसँग सहकार्य गरेर आदिवासी दिवस मनाउने भएको छ ।

महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार तुलाधार नेतृत्वको समूहले ‘संघीयता कार्यान्वयन र जातिय सवाल’ विषयमा अन्तरक्रिया गर्ने बताएको छ । महासंघको नेतृत्वमा आदिवासी जनजाति जन्य संघ संस्थाहरुले समेत विविध कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । विश्वभरका आदिवासीले हरेक वर्ष अगष्ट ९ का दिन विश्व आदिवासी दिवस मनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया