घरमा आगजनी गरेको आरोपमा टीकापुरका थारुले दिए २९ जना विरुद्ध मुद्दा


8

धनगढी, मंसिर ८ गते । गत भदौ ७ गते भएको टीकापुर घट्नापछि थारु समुदायको घरमा भएको आगजनी र तोडफोड गर्ने २९ जनाको विरुद्ध किटानी जाहेरी दिइएको थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीले बताएको छ ।

थरुहट आन्दोलनको क्रममा घटेको घट्नामा परी एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एकजना बालकको घटनास्थलमै निधन भएको थियो । एकजना सुरक्षाकर्मीको उपचारको क्रममा काठमाडौंमा निधन भएको सो घटनालगत्तै आक्रोशित पक्षले थारु समुदायको घरमा आगजनी र तोडफोड गरेका थिए ।

टीकापुर घटनामा संलग्न रहेकोभन्दै थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरी सहित २१ जना थारुलाई स्थानीय प्रशासनले पक्राउ गरी पुर्पक्षकालागि थुनामा राखेको छ । एकजना नाबालकलाई छाडेको र अर्को नाबालकलाई सुधारगृहमा राख्ने भनिएको छ ।

पीडित थारुहरुले टीकापुर घटनापछि आगजनीमा संलग्न भन्दै स्थानीय नवराज रावल, चन्द्रभूषण स्वाँर, योगेन्द्र बमको प्रमुख योजना बमोजिम महेन्द्र भण्डारी, कमला के.सी., रामु भण्डारी, सञ्जय बिष्ट लगायतले कफर््यूको बीचमा साँझ नगरपालिकास्थित शिवनारायण चौधरीको निरु टे«डर्स रहेको घर, कमल चौधरीको अस्पतालरोडमा रहेको न्यू कमल बाकस उद्योग र ब्लक नं. १७ मा रहेको थारु कल्याणकारिणी सभाको भवन, फूलबारी एफ.एम. सहित २६ जना थारुको घरमा आगजनी, तोडफोड, लुटपाट गरेको आरोपमा पीडितले संयुक्तरुपमा किटानी जाहेरी दिएको नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले जारी गरेको कफ्र्यूकै बीचमा अक्रोशित स्थानीय भीडले थारु समुदायको घरमा आगजनी गरेपछि सुरक्षाकर्मी माथि पनि प्रश्नचिन्ह लाग्दै आएको थियो । पीडितले २९ जनामाथि आगजनी, तोडफोड, लुटपाट, ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा समेत दायर गरेको बुझिएको छ ।

पीडितहरुको जाहेरी हुलाक कार्यालय मार्फत ईलाका प्रहरी कार्यालयमा पु¥याइएको पीडितले बताएका छन् । जाहेरीवालाको तर्फबाट स्थानीय प्रदीप चौधरी र शिवनारायण चौधरीले हस्ताक्षर गरेका छन् ।

गत कार्तिक ३० गते लेखिएको जाहेरी दरखास्त, राष्ट्रपतिको कार्यालय काठमाण्डौं, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, ब्यबस्थापिका संसद सामाजिक न्याय तथा मानवअधिकार समिति सिंहदरबार, नेपाल सरकार गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनगढी कैलाली, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढी, ईलाका प्रशासन कार्यालय टीकापुर, कैलाली र इन्सेक क्षेत्रीय कार्यालय धनगढीलाई बोधार्थ पठाइएको पीडितले जानकारी गराएका छन् ।

7

SAM_0997

तपाईको प्रतिक्रिया