भन्सार छली ल्याइएका विभिन्न सामानहरुको सशस्त्र प्रहरीले गर्यो नष्ट


भगतराम थारु
नेपालगन्ज, साउन १९ गते । सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म महेन्द्रनगरले शनिवार भन्सार छलि भित्राएको पटाका बरामद गरेको छ । सशस्त्र प्रहरीको सक्रियतामा समातिएको पटाका वडा कार्यालयका वडा अध्यक्ष, सशस्त्र प्रहरी, नेपाल प्रहरी र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको हो ।

भन्सार छलि भित्रिएको पटाका जमुनाहामा रहेको गस्ती टोलीले बरामद गरेको थियो । सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षक यादबहादर नेपालीको नेतृत्वमा रहेको टोलीले उक्त पटाका पक्राउ बरामद गरेको थियो । पटाकामा अर्ना, रकेट, सुटली, झिरझिरे नामको पटाका रहेको सुरक्षाकर्मीले बताएको छ । बरामद गरिएका सबै पटाका नष्ट गरिएको छ ।

उक्त पटाका करिव सात हजार मुल्य बराबरको रहेको सशस्त्र प्रहरी निरिक्षक भिमबहादुर चौधरीले बताउनुभयो । त्यस्तै शनिवार नै सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म महेन्द्रनगरले बालेगाउँबाट चारसय वटा क्वाइलर कुखुराको चल्ला बरामद गरेको छ ।

सशस्त्र प्रहरीका इन्सपेक्टर बृत्तासिंह थापाको कमाण्डमा गएको टोलीले बालेगाउँबाट उक्त क्वाइलर कुखुराको चल्ला बरामद गरेको थियो । सशस्त्र प्रहरीले बरामद गरेको कुखुराको नेपाली बजारमूल्य करिब २५ हजार पर्ने बताइएको छ । बरामद गरिएको कुखुराको चल्ला क्वारेन्टाइन कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी निरिक्षक भिमबहादुर चौधरीले बताउनुभयो । यस्तै सशस्त्र प्रहरीले चौलिक्काबाट साउन २ गतेदेखि हालसम्म ३५ हजार ४ सय मुल्य बराबरको विभिन्न सामाग्री समेत बरामद गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया