आमाको हत्याले छ सन्तानहरुको विचल्ली, बच्चाका बाबु बेडुवा छन् जेलमा


भगतराम थारु
कोहलपुर, साउन २० गते । एक बर्ष अगाडी श्रीमतीको बिभत्स तरिकाले हत्या गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका श्रीमान मोहम्मद अस्ताव बेडुवाको बच्चाहरुको अहिले विचल्ली छ ।

आमाको हत्या र बाबु जेलमा भएपछि छजना बच्चाको अहिले विचल्ली छ । कोहलपुर नगरपालिका वडा नं. ४ बेलनपुरका २९ बर्षिय मोहम्मद अस्ताव बेडुवा गतबर्ष असार महिनामा २७ बर्षिय श्रीमती फलसुनदेवी बेडुवाको हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

राती साढे १० बजेतिर अस्तावले घरभन्दा तीन किलोमिटर टाढा बाटोमा लागेर श्रीमतीको हत्या गरेको थिए । झारफुक गर्न जाउँ भनेर ५ र ६ महिनाको छोरीसमेत लिएर राती घरबाट निस्किएर तीन किलोमिटर टाढा बाटोमा लगेर हत्या गरेको प्रहरी सामु अस्तावले बयान दिएका थिए ।

कारागारमा भएका बेडुवाको घरमा कोही बस्दैन । बालबच्चाको हेरचाह अरु कसैले गर्नेगरेका छन् । बेडुवाको घर शुन्य छ ढोका लागेको छ । बालबच्चाको विचल्ली छ, एक स्थानियले भने । दुईवटा श्रीमति रहेको बेडुवाका ६ बालवच्चा छन् । हाल उनिहरु टुहुराजस्तै यताउति घुम्छन् ।

ती बच्चाहरु जहाँ जान्छन् त्यही खान्छन कसैले मतलव गर्दैनन स्थानियको भनाई छ । पाए खान्छन नत्र त्यतीकै जहाँतहि गएर बस्छन स्थानियले    भने । जेठा छोरा अलि ठुलो छ कसैको प्रवाह नगरि यताउति माग्दै खादै गर्ने गरेको बेडुवाका बुहारी आसरा खान बताइन् ।

२७ बर्षिय श्रीमति फलसुनदेवी बेडुवाको हत्या गरेका श्रीमान कारागारमै जिवन विताइरहेकावेला यता बालवच्चाको भने जिउने आधार कोही छैन । गरिवीको कारण आफ्नै जिउज्यान पाल्न गाह्रो छ जे खान्छौ त्यही खुवाउँछौ आसराले भने । बालबच्चाको भविष्यको लागि कसैले सहयोग गरे उनिहरुको भविष्य उज्वल हुने थियो उनले भने ।

साना साना बच्चाहरु छन् कहिले पढ्न जान्छन कहिले त्यतिकै अरुको घरमा काम गरेर पेटको जोहो गर्ने गरेको अस्तावको आमा सुन्दरिया खानले बताइन् । छोरा कारागारमा भएपछि बालवच्चाको एकदमै समस्या भएको छ अस्तावका आमा सुन्दरियाले भनिन ।

बालवच्चाको भविष्यको लागि पनि कसैले सहयोग गरे आफुहरुको ठुलो कल्याण हुने उनले बताइन् । त्यस्तै मृतक फलसुन देवी बेडुवाका बुवा सौकतअलि खानले आमाको हत्या भएको दिन सम्झीदा आँखाबाट आसु रसाएर आउँछ सुनाए । गरिवको लागि कोही हुदो रहेन छ यो दुनियामा सौकतले भने ।

जति आउछन आफ्नै स्वार्थकालागि मात्र आउछन् । समस्याको समाधान कसैले बुझ्दैनन् उनले आशु पुछ्दै भने । अस्तावले यस्तो छोरीको हत्या गर्दा केही दिन सवै बालवच्चा मैले नै पाले आजभोलि मेरो घरमा बालवच्चा आउन दिदैनन् । कहिलेकाही लुकेर पनि बच्चाहरु आउने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया