थारु कल्याणकारिणी सभाको महाधिबेशन चहल पहल शुरु


धिरेन्द्रकुमार चौधरी
रामधुनी, (सुनसरी), साउन २३ गते । थारु कल्याण कारीणी सभाको केन्द्रिय महाधिबेशन नजिकैदै गर्दा जिल्ला, नगर र गाउ कमिटीमा नया नेतृत्व चयनका लागि चहल पहल शुरु भएको छ ।  अधिबेशन नजिकिदै जादा संस्थामा नेतृत्व लिनेको होडबाजी शुरुभएको छ ।

थाकस, सुनसरीका सभापति पुनितलाल चौधरीले थाकस, सुनसरीको अधिबेशन आउदो भदौ २२ र २३ गते हुने निश्चित भएको बताउनुभयो । मंगलबार थाकस भवन झुम्कामा भएको बैठकले सो निर्णय गरेको हो ।

अधिबेशनको मिति निश्चित भए तापनि कुन ठाउँमा गर्ने स्थान अर्को बैठकले निश्चित गर्ने बताइएको छ । त्यसैगरी जिल्ला अधिबेशनका लागि प्रतिनिधि समबन्धमा मुलुकको नयाँ संरचना अनुसार जाने वा साबिक कमिटीलाई नै मान्यता दिने केन्द्रबाट स्पष्ट निर्णय आएपछी अगाडि बढने सभापति चौधरीले बताउनुभयो ।

कार्यक्रममा थाकसका केन्द्रिय सदस्य दिपनारायण चौधरी, उर्मिला चौधरी, थारु कानुन ब्यबसाय सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरी, थारु महिला सभाकी केन्द्रिय सचिब शुसिला चौधरी, थाकसका केन्द्रिय प्रशिक्षक तेजनारायण चौधरी लगायत जिल्ला, नगर र गाउ कमिटीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

थाकस थारु जातिको हक हितमा काम गर्दै आएको एकमात्र पुरानो संस्था हो । नेपाल भरी २३ जिल्लामा गाउ, नगर र जिल्ला कमिटी थाकसको रहेको छ । थाकसको भातृ संस्थाहरु थारु म्हिला सभा, थारु बिधार्थी सभा, थारु कानुन ब्यबसाय सभा, थारु युवा सभा, थारु लगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया