थरुहट कार्यकर्ताले बस तोडफोड गरे


Bas

कञ्चनपुर, मंसिर ८ गते । चितवनदेखि कञ्चनपुरसम्म थारु प्रदेशको माग गर्दै शनिबारदेखि आन्दोलनमा उत्रिएका थरुहट थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले सोमबार राति एउटा बस तोडफोड गरेका छन् ।

कञ्चनपुर सदरमुकाम भीमदत्तनगरबाट बेलौरीतर्फ जाँदै गरेको पवनदूत यातायातको म १ ख ४१७ यात्रु बोकेको बसमाथि रामपुर जङ्गलमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । जिप्रकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले भने एउटा बसमाथि तोडफोड गरेको छ ।

कञ्चनपुरमा थारुवानको बन्दको प्रभाव न्यून रहेका बेला सोमबार एक्कासि उनीहरु तोडफोडमा उत्रिएका हुन् ।

तोडफोडका क्रममा बसमा रहेका यात्रुलाई कुनै चोटपटक लागेको छैन,ु प्रवक्ता खनालले भने, ुबसका सीसा फुटेका छन् । धारिलो हतियार, लाठी र पेट्रोलसहित आएका १०–१५ जनाको थारुवान थरुहटका कार्यकर्ता बसमा तोडफोड गरी फरार भएका छन् । क्षतिग्रस्त बसलाई इलाका प्रहरी कार्यालय, बेलौरीको निगरानीमा राखिएको छ । रासस

तपाईको प्रतिक्रिया