प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश होः प्रधानमन्त्री ओली


जनकपुर, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको बताउनुभएको छ । सो प्रदेशको जनकपुरमा शनिबार आयोजित प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यस्तो बताउनुभयो ।

प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको जानकारी उहाँले दिनुभयो । जनताको आधारभूत आवश्यकता पूरा गर्दै तराई मधेसमा कृषिको आधुनिकीकरण गरिने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्रीले तराईलाई सुख्खा र मरुभूमिबाट जोगाउनु पर्ने बताउँदै कोशी–मरिन–कमला डाइभर्सन निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउने चर्चा गर्नुभयो । उहाँले तराईमा मल कारखाना खोल्ने पनि बताउनुभयो ।

विकासका लागि ठूला योजनाहरु बनाउनै पर्ने दोहो¥याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘साँझ विहान छाक टार्ने मात्रै कामले मुलुक विकसित हुन सक्दैन ।’’

विकासका लागि ठूला योजनाहरु बनाउनै पर्ने दोहो¥याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘साँझ विहान छाक टार्ने मात्रै कामले मुलुक विकसित हुन सक्दैन ।’’ नेपाल सरकारले लिएको ‘सुखी नेपालीः समृद्ध नेपाल’ को नारालाई भारत र चीनले पनि साथ दिएको उहाँले चर्चा गर्नुभयो ।

प्रधानमन्त्रीले तराईको सप्तरीबाट नेपाल समुद्रसँग जोडिन लागेको बताउँदै राजविराजमा मेडिकल कलेज खोल्ने, पाँच वर्षभित्र हुलाकी सडक निर्माण गरिसक्ने, प्रदेश २ का आठ जिल्लामा आठ हजार घर निर्माण गर्नेलगायतका योजना सुनाउनुभयो ।

प्रधानमन्त्रीले आफ्नो जीवन विभेदविरुद्ध लडेको स्मरण गर्दै नयाँ संविधानमा कुनै क्षेत्र र समूदायले विभेदको महसुस गरे संविधान संशोधन गर्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले कुनै पनि नेपालीलाई नागरिकता विहीन हुन नदिइने प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया