थारु कल्याणकारीणी सभा सुनसरीको जिल्ला अधिवेसन २२ र २३ गते


सुनिल चौधरी
झुम्का, भदौ ४ गते । थारु कल्याणकारीणी सभा (थाकस) जिल्ला सुनसरीको अधिवेसन भदौ २२ र २३ गते हुनेभएको छ । जिल्लाको आठौं अधिवेसन ईनरुवाको बलहास्थित शारदा माबिमा हुने जिल्ला समितिले जनाएको छ ।

अधिवेसनमा पुर्व उपप्रधामन्त्रि बिजयकुमार गच्छदारको प्रमुख आतिथ्यता रहने जिल्ला समितिले जनाएको छ । श्रावण २२ गते अधिवेसनको मिति तोक्दै प्रमुख अतिथीमा गच्छदारलाई बोलाउने निर्णय गरेको थियो । जिल्ला अधिवेसनमा प्रतिनिधि रहने ब्यवस्था पुरानै बिधान अनुसार हुने जनाएको छ ।

बिधानअनुसार संघियतामा नयाँ नगरपालिका, गाउँपालिकाको प्रनितिधि नरहेर साबिक गाउँ कमिटि र नगर कमिटि अनुसारले नै प्रतिनिधि पठाउनु पर्ने जिल्ला समितिले जनाएको छ । अधिवेसन कार्यक्रम भदौ २२ गते हुने र २३ गते बन्दसत्र गर्दै नयाँ कार्य समिति चयन गरिने जिल्ला सचिव तथा अधिवेसन प्रचार प्रसार संयोजक मनोज चौधरीले जानकारी दिनुभयो ।

थाकसको केन्द्रीय अधिवेशन असोज ७ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय केन्द्रीय समितिले गरेपश्चात् जिल्ला अधिवेशन र निर्वाचन प्रतिनिधि छनौटको काम देशव्यापीरुपमा भइरहेको थाकस प्रतिनिधिहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया