भान्साकोठामै पुग्यो ग्याँसको पाइप, प्रधानमन्त्री ओलीले गर्नुभयो उदघाटन


विराटनगर, भदौ ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित एक कार्यक्रमबीच नेपालको पहिलो नमुना बायोग्यास पाइपलाइनको उद्घाटन गर्नुभएको छ । तत्कालीन जिल्ला विकास समितिअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गौशालामा ८४ लाख रुपियाँमा ग्यास उत्पादन गरेको हो। उक्त ग्यास पहिलो चरणमा त्यहाँका ३५ घरमा जडान गरिएको छ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा तीनसय घनमिटर प्लान्ट जडान गरिएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा नभएको बताउनुभयो । अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ’ उहाँले भन्नुभयो ।

यसअघि नै पाइपबाट भान्सामा ग्यास पुर्याउने प्रधानमन्त्री ओलीको भाषणलाई नागरिकले पत्याएका थिएनन् । कामको शुरुवात गरेपछि काम देखिने रहेछ भन्ने स्थानीयहरुको प्रक्रिया छ । प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीकाअनुसार पहिलो चरणमा बायो ग्याँस पाइपको उदघाटन गरिएको भएपनि अन्य ठाउँमा समेत त्यसको तयारी भइरहेको छ ।

त्यस्तै, परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गर्नुभयो ।

प्रधानमन्त्री ओली आज मंगलबार साँझ इटहरीमा बास बसेर भोली बुधबार कार्यकर्ताहरुसँगको अन्तरक्रियापछि राजधानी फर्किने कार्यक्रम रहेको उहाँको प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।

यसअघि नै पाइपबाट भान्सामा ग्यास पुर्याउने प्रधानमन्त्री ओलीको भाषणलाई नागरिकले पत्याएका थिएनन् । कामको शुरुवात गरेपछि काम देखिने रहेछ भन्ने स्थानीयहरुको प्रक्रिया छ । प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीकाअनुसार पहिलो चरणमा बायो ग्याँस पाइपको उदघाटन गरिएको भएपनि अन्य ठाउँमा समेत त्यसको तयारी भइरहेको छ । ग्याँसको पाइप भान्सामै पुगेपछि स्थानीयहरु खुशी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया