नेतृत्वकर्ताको खवरदारी गर्दै स्रष्टा परशुराम चौधरीको कविता संग्रह विमोचित


सुनिल चौधरी
झुम्का, भदौ १० गते । भाषालाई जागृत गराउँदै कबिताको माध्यमबाट थारु समाजलाई खवरदारी गर्ने उद्देश्यसाथ लेखक परशुराम चौधरीको थारु कबिता संग्रह आइतवार बिमोचित भएको छ ।

सुनसरी बक्लौरीका स्थानिय स्रष्टा परश्ुाराम चौधरीले रचना गरेको थारु भाषा साहित्य जागरण कबिता संग्रह रामधुनीको झुम्कामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।

थारु कल्याणकारीणी सभाका केन्द्रिय सल्लाहकार तथा थारु कानुन ब्यवसायी सभाका केन्द्रीय अध्यक्ष रामराज चौधरीको प्रमुख आतिथ्यतामा पुस्तकको बिमोचन गरिएको थियो । लामो प्रयासपछि यो कबिता संग्रह सबै सामु ल्याउन सकदा आफु खुशी भएको कृतिकारले धारणा राख्नुभयो ।

६० बर्षिय कबिता रचनाकार स्रष्टा चौधरीले सो कबिता थारु भाषामा भएपनि सम्पुर्ण नेपालीलाई आफ्नोपन र नेपाली संस्कृतिको जागरण गराउन खोजेको बताउनुभयो । थारु भाषाको पौराणिक शब्दहरुलाई उठान कृतिमा गरिएको उहाँले जानकारी गराउनुभयो । थारु नेतृत्वकर्ताहरुलाई कृतिमार्फत सचेत गराउने प्रयास गरिएको पनि उहाँले प्रष्ट पार्नुभयो ।

बिमोचनमा अतिथीहरुले मन्तब्य दिदै थारु स्रष्टाहरुलाई संरक्षण गरेर स्थानिय तहहरुबाट सहयोग हुनुपर्ने बताउनु भयो । स्रष्टा र साहित्यकारहरुलाई संरक्षण गर्नसके थारु भाषा बिकास हुनसक्ने उहाहरुले बताउनुभयो । प्रमुख अतिथी रामराज चौधरी लगायत समाजसेवी शंकरलाल चौधरी, थारु महिला उत्थान समाजकी अध्यक्ष सीता थरुनी लगायतले धारणा राख्नुभएको थियो ।

त्यस्तै, सोही कार्यक्रममा थारु महिला सभाकी केन्द्रिय सचिव सुसिला चौधरी, थारु कल्याणकारीणी सभा जिल्ला सचिव मनोज चौधरी, आदिवासि जनजाति महासंघ सुनसरीका पुर्व उपाध्यक्ष तेजनारायण चौधरी, अगुवा केशिलाल चौधरी, शिक्षक प्रशुराम चौधरी, मुरारी चौधरी, थारु महिला सभाकी जिल्ला अध्यक्ष सुसिला लेखि, थारु चलचित्र तथा सास्कृतिक संघकी सुनसरी अध्यक्ष जानकी चौधरी, राजकुमार चौधरी लगायतले सो अवसरमा धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया