थारु एकताको सन्देश दिन पुनः अध्यक्ष पदमा मेरो उम्मेदवारीः धनीराम चौधरी


लक्की चौधरी
काठमाडौं, भाद्र १० गते । थारु कल्याणकारिणीसभा (थाकस) का वर्तमान अध्यक्ष धनीराम चौधरीले तीन वर्षे कार्यकालमा आफूले गर्न नपाएको काम गर्नका लागि र थारु एकताको सन्देश दिन पुनः आफूले अध्यक्ष पाउनुपर्ने बताउनुभएको छ ।

हमार पहुरा डट कमसँग आइतबार कुरा गर्नुहुँदै अध्यक्ष चौधरीले थाकसको अध्यक्षको जिम्मेवारी आफूले अझै निर्वाह गर्ने समय नपाएकाले अवको कार्यकालमा पूर्णकालिन काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो । “मेरो जागीर, श्रीसम्पत्ति सबै मैले लुटाइसकें । अब के को डर ? २२ औं महाधिवेशनबाट अध्यक्ष हुन पाए अब खुलेर समाजको लागि काम गर्छु” चौधरीले भन्नुभयो ।

२०७२ भाद्र ७ गतेको टीकापुर घटनापछि सरकारले आफूलाई एरेष्ट वारेन्टमा राखेर खोजी गरिरहेकाले पनि सार्वजनिक हुन नसकिरहेको बताउँदै अध्यक्ष चौधरीले भन्नुभयो, “टीकापुर घटनाको दोसी करार भई थुनामा रहेकाहरुलाई छुटाउन सकेका छैनौं, मेरो गिरफतारी भयो भने छुट्ने के ग्यारेन्टी छ ? त्यसैले म खुलेयाम सार्वजनिक नभएको हुँ ।”

तर आफ्नै कार्यकालमा टीकापुर घटना भएकाले गिरफतार भएकाहरुलाई निर्दोष सावित गर्दै थुनामुक्त गर्ने जिम्मेवारी पनि आफ्नो भएको उहाँले बताउनुभयो । “साथीहरुलाई थुनामुक्त नगरेर म पदबाट बाहिरिएँ भने मलाई राम्रो हुँदैन, जिम्मेवारी पूरा गर्न पनि मलाई अझ एक कार्यकाल अध्यक्षको जिम्मेवारी चाहिन्छ” अध्यक्ष चौधरीले भन्नुभयो ।

“म जति गर्न सक्थें त्यसको ५ प्रतिशत पनि काम गर्न पाइनँ, अब पुनः जिम्मेवारीमा आए बाँकी काम सम्पन्न गर्छु । थाकसकालागि काठमाडौंमा जग्गा खरिद गरेर आलिसान घर निर्माण गरेर देखाउँछु ।”

मैले गरेको प्रतिवद्धताअनुसार काम गर्ने अवसर पाएको छैन, अहिलेको संक्रमणकालिन अवस्थामा थारुको एकता सन्देश दिन पनि मलाई अध्यक्षमा आउन जरुरी छ अध्यक्ष चौधरीले थप्नुभयो, “म जति गर्न सक्थें त्यसको ५ प्रतिशत पनि काम गर्न पाइनँ, अब पुनः जिम्मेवारीमा आए बाँकी काम सम्पन्न गर्छु । थाकसकालागि काठमाडौंमा जग्गा खरिद गरेर आलिसान घर निर्माण गरेर देखाउँछु ।”

यो तीन वर्षे कार्यकालमा आफू अर्धभूमिगत भएर पनि थाकसको केन्द्रीय कमिटी, केन्द्रीय परिषद र भेलाहरु नियमित गरेको बताउँदै अध्यक्ष चौधरीले आफूलाई केन्द्रीय कमिटीकै साथीहरुबाट सहयोग नमिलेको गुनासो गर्नुभयो । थाकसमा राजनीतिक छायाँ पर्न नदिन र थारुको छाता संगठनकोरुपमा अघि बढाउन पनि आफ्नो नेतृत्व अनिवार्य रहेको उहाँले तर्क गर्नुभयो ।

“थाकसलाई विभिन्न राजनीतिक रंग दिने प्रयास पटक पटक भएको छ, तर मेरो कार्यकालमा कुनै राजनीतिक रंग दिन मैले दिइनँ” अध्यक्ष चौधरीले भन्नुभयो, “थारुलाई मधेसीमा मिलाउने प्रयास पनि धेरै गरियो तर थारु र मधेसीको मुद्दा र पहिचान फरक रहेकाले मधेसीसँग थारुलाई विलय गराउने काम म कहिल्यै गर्दैन ।”

“थाकसका लागि दिनरात एक गरेर काम गरिरहेको छुँ, आफ्नो सम्पूर्ण श्री सम्पत्ति दाउमा लगाएर काम गरिरहेको छुँ । म अध्यक्ष हुन पाएन भने थाकस दुर्घटनामा पर्नसक्छ ।”

“जब मलाई सरकारले वारेन्ट जारी गर्यो, मलाई काठमाडौंमा बस्ने थारुको घर उपलब्ध भएन, थारुबाट नै असहयोग भयो” अध्यक्ष चौधरीले थप्नुभयो, “थाकसका लागि दिनरात एक गरेर काम गरिरहेको छुँ, आफ्नो सम्पूर्ण श्री सम्पत्ति दाउमा लगाएर काम गरिरहेको छुँ । म अध्यक्ष हुन पाएन भने थाकस दुर्घटनामा पर्नसक्छ ।”

“टीकापुर घटनाको दोसी आरोपितहरुलाई थाकसको तर्फबाट कैयौं पटक सहयोग प्रदान गरिएको छ, तर त्यसको जस व्यक्तिले लिए” गुनासो गर्दै अध्यक्ष चौधरीले भन्नुभयो, “मलाई एमाले, कांग्रेस र माओवादी तीनवटै पार्टीबाट विभिन्न अवसरको प्रस्ताव आयो तर मैले थारुकै हितकालागि प्रलोभनमा परेनँ । मेरो मुद्दा फिर्ता लिने आश्वासन पनि दिइयो तर मेरो मात्र होइन, सबैको मुद्दा फिर्ता हुनुपर्छ अनिमात्र मेरो फिर्ता हुनुपर्छ भन्ने मैले प्रधानमन्त्री र नेताहरुसँग अडान लिएर बसें” चौधरीले दावी गर्नुभयो ।

दुलोभित्र लुकेर थाकसको आन्दोलन अघि बढन नसक्ने भन्दै युवाहरुले नेतृत्वमा विकल्पको खोजी गरिरहेका छन् । तर थाकसकालागि अहिले देखिएका नेताहरु नेतृत्वकालागि कोही सक्षम नरहेको टिप्पणी पनि थारु युवाहरुको छ ।

अध्यक्ष चौधरीले २२ औं महाधिवेशनका लागि आफूले साउन १२ गते नै केन्द्रीय कमिटी बैठकमा अध्यक्षकालागि उम्मेदवारी घोषणा गरेको भएपनि औपचारिकरुपमा मिडियामार्फत आइतबार घोषणा गरेको बताउनुभयो । उहाँले आफूलाई एक कार्यकालका लागि पुनः अवसर दिएर थारु समुदायका लागि काम गर्ने वातावरण बनाइदिन सबैमा आव्हान गर्नुभएको छ ।

थाकसको २२ औं महाधिवेशन आगामी असोज ७ देखि ९ गतेसम्म काठमाडौंमा हुन गइरहेको छ । अध्यक्षकालागि वर्तमान अध्यक्ष चौधरी, चित्तवनका विश्राम चौधरी, महिला नेतृ हरिदेवी चौधरी लगायतको चर्चा छ ।

वर्तमान अध्यक्ष चौधरीले यो कार्यकालमा नेतृत्वदावी भूमिका खेल्न नसकेको व्यापक युवा पंक्तिमा टिप्पणी छ । अब दुलोभित्र लुकेर थाकसको आन्दोलन अघि बढन नसक्ने भन्दै युवाहरुले नेतृत्वमा विकल्पको खोजी गरिरहेका छन् । तर थाकसकालागि अहिले देखिएका नेताहरु नेतृत्वकालागि कोही सक्षम नरहेको टिप्पणी पनि थारु युवाहरुको छ ।

तपाईको प्रतिक्रिया