नाचुँ जी फारके थारु गीतबाट निर्देशक प्रदीप थारु चर्चामा


भगतराम थारु
नेपालगन्ज, भाद्र ११ गते । थारु गीत मै नाचुँ जी फारके बोलको म्युजिक भिडियोमा मोडलको भुमिकामा अभिनय गरेका प्रदिप थारु अहिले चर्चामा छन् ।

कोहलपुर नगरपालिका २ बर्दहवाका प्रदिप सानै उमेरदेखि नाचगानमा रुची राखेकै कारण आज यो स्थानमा पुगेको बताउँछन् ।

मेहनत र परिश्रमकासाथ अहिले दर्शकहरुको मन जित्न सफल भएकाले खुसी लाग्नेगरेको उनले बताए । मोडल र डाइरेक्सनको भुमिका निभाउँदै आएका प्रदिप मै नाचु जि फारके बोलको म्युजिक भिडियोबाट चर्चामा आएका छन् ।

पहिले पेन्टको काम गर्ने र त्यही पैसा बचत गरी पढ्ने र घर खर्च चलाउने प्रदिप अहिले डान्स डाइरेक्सन र राम्रो मोडलको रुपमा परिचित भएका छन् ।

यो कलाकारिताले राम्रो आम्दानी गराएको उनले बताए । मोडलको भुमिका निभाएका प्रदिप सानै उमेरदेखि स्कुलको कार्यक्रम तथा गाउँघरमा हुने कार्यक्रममा भाग लिएर नाच्ने गर्दथे ।

विभिन्न ठाउँमा डान्स गरेवापत पुरस्कृत समेत भएको उनले बताए । छोटो समयमा थारु गीत सङ्गीतमा राम्रो डाइरेक्सन र मोडलिङ गरेको हुनाले उहाँलाई माया गर्ने युवायुवती थुप्रै रहेको प्रदिप बताउँछन् ।

अहिलेसम्म नेपाली थारु गरी ३० वटा म्युजिक भिडियो र १० वटा गीतमा डाइरेक्सन गरेको छु उनले भने । एक गीतको निर्देशन गरेबापत ५ हजारसम्म पारिश्रमिक लिने गरेको उनले बताए । प्रदिप राष्ट्रिय थारु कलाकार मन्च बाँके शाखाको कार्य समिति सदस्य समेत हुन् ।

प्रदिपले चर्चित थारु गायक बिश्वसागर परियार, गायीका सुमन चौधरीको स्वरमा रहेको घुम्मर घुम्मर घुम्मर कम्मर हिलालेउ, मिनिस्कटवाली छैली पलटके हेरे दैदेउ एक चुम्मा, झुम्कावाली बथनिया, लगायत बोलको गीतमा डाइरेक्सन गरेर दर्शक स्रोताहरुले अत्यधिक मन पराएको उनले बताए ।

प्रति हार्दिक आभार व्यक्ति गर्नुभयो । हाल आरकेसी मिडिया प्रालीमा जोडिएर म्युजिक भिडियो डाइरेक्सन गरिरहनुभएको प्रदिपलाई यहाँसम्म पु¥याउन अंशुमान चौधरी, गायक विश्वसागर परियार, रामु थारु, नरेश चौधरी देवदास, राजकुमार थारु र मनोज चौधरीको ठुलो सहयोग रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया