चर्चित थारु गीत घुम्मर घुम्मरको सुटिङ वर्दियाको बढैया ताल गाउँपालिकामा


भगतराम थारु
नेपालगन्ज, भाद्र १३ गते । थारु गीत घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँमा सम्पन्न भएको छ । थारु गायक विश्वसागर परियार र सुमन चौधरीको स्वर रहेको सो गीत घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँपालिकामा भएको हो ।

झुम्कावाली बथनियाको अपार सफलतापछि थारु मोडल राजकुमार चौधरीले फेरी घुम्मर घुम्मरको गीतमा मुख्य कलाकारको भुमिका निभाउनुभएको छ । घुम्मर घुम्मर कम्मर घुमाल्योमा राजकुमार थारु, राधा चौधरी र जागेश्वर सिङ थारुले भुमिका निभाएका छन् ।

थारु गायक परियार र गायीका सुमन चौधरीको स्वरमा रहेको घुम्मर घुम्मर गीतको छायाङकन रामु चौधरीले गर्नुभएको छ । गीतको शव्द सुखलाल थारुको हो । संगीत मनोज बधानले गर्नुभएको छ । यस्तै गीतको एरेन्ज पुष्कर खत्रीले गर्नुभएको छ ।

टीकापुर कैलालीको रियाज रेकर्डिङ स्टुडियोबाट गीत रेकडिङ भएको गायक परियारले जानकारी गराउनुभयो । थारु मोडल राजकुमार पछिल्लो समयमा निरन्तर थारु म्युजिक भिडियोमा मोडलको भुमिका निभाउदै आउनुभएको छ । घुम्मर घुम्मर बोलको गीतको भिडियो आरकेसी मिडिया प्रालि कोहलपुर पिपरीबाट केही दिनमा आउने गायक परियारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया