फेक पोर्न भिडियो पोष्ट गरेर हमालले थारु चेलीमाथि गरिन हमला


काठमाडौं, भाद्र १५ गते । बाँकेकी एक पत्रकार कमला हमालले बाँकेकै अर्का महिला पत्रकार अन्जना चौधरी (नाम परिवर्तन) को भिडियो भन्दै फेक पोर्न भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर चरित्रहत्या गर्ने प्रयास गरेकी छिन् ।

पीडित पत्रकार चौधरीले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै प्रहरी समक्ष उजुरी दिएपछि पत्रकार हमाल अहिले प्रहरीको हिरासतमा छिन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहकाअनुसार पोर्न भिडियो साथीको म्यासेन्जरमा पोष्ट गरेको उजुरीको आधारमा पत्रकार हमाललाई तीन दिनअघि पक्राउ गरिएको हो ।

पक्राउ परेकी हमाललाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ । उनको म्याद सातदिन थप गरी साइवर क्राइम अन्तर्गत अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । तर पक्राउ परेकी पत्रकार नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको सदस्य भएकाले उनको रिहाईकालागि युनियनले सामुहिक दवाव दिंदैआएको प्रहरीले जनाएको छ ।

एउटा थारु चेलीमाथि अनावश्यक प्रहार हुँदा पनि थारु पत्रकार र थारु संघ संस्थाले ध्यान नदिएको पीडित चौधरीले गुनासो गरिन् । आफ्नो नाम जोडेर अनावश्यक रुपले बदनाम गरी चरित्रहत्या गरेकाले प्रहरीमा दिइएको उजुरी कुनै हालतमा फिर्ता नलिने उनले बताइन् ।

यूनियनका नेताहरुले पीडित चौधरीलाई अनेक प्रलोभनमा पारेर केस मिलाउने प्रयासमा लागेको पीडित चौधरीले बताइन् । प्रेस युनियनका नेताहरुले पैसाको प्रलोभन र धम्की दुवै दिनेगरेको पीडितले गुनासो गरिन् । अरुको पोर्न भिडियोलाई मेरो भिडियो हो भनेर अनावश्यक चरित्र हत्या गरेकाले आफूले उजुरी दिएको पीडित पत्रकार चौधरीले बताइन् ।

एउटा थारु चेलीमाथि अनावश्यक प्रहार हुँदा पनि थारु पत्रकार र थारु संघ संस्थाले ध्यान नदिएको पीडित चौधरीले गुनासो गरिन् । आफ्नो नाम जोडेर अनावश्यक रुपले बदनाम गरी चरित्रहत्या गरेकाले प्रहरीमा दिइएको उजुरी कुनै हालतमा फिर्ता नलिने उनले बताइन् । तर युनियनका नेताहरुले केस मिलाउन अनेक दवाव दिइरहेको पीडित चौधरीले हमार पहुरा डट कमसँग गुनासो गरिन् ।

केही समय अघि सामाजिक सञ्जालमा आफू विरुद्ध अनावश्यक अश्लिल टिप्पणी गरेको भन्दै पत्रकार हमालले बाँकेका एक पत्रकारलाई खुट्टामा ढोक्न लगाएर माफी दिएकी थिइन् । त्यो केस सेलाउन नपाउँदै आफैले ‘एकजना चौधरी पत्रकारको हो’ भन्दै फेक पोर्न भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखाकी साधारण सदस्य रहेकी पत्रकार हमाललाई महासंघ बाँके शाखाले साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । अपरिचित भिडियो पोष्ट गरेर हमालले साइबर क्राइम गरेको ठहर गर्दै बाँके शाखाले हमाललाई निलम्बन गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरसिंह थारुले बताए ।

तपाईको प्रतिक्रिया