गीत गाएरै भौगरियाले पैतिस लाख रुपियाँ बरावरको पक्की घर बनाए


भगतराम थारु
नेपालगन्ज, भाद्र १६ गते । डेढ दशक गायन क्षेत्रमा काम गरेर गायक खेम भौगरियाले ३५ लाख बराबरको एक तले घर निर्माण गर्न सफल हुनु भएको छ । कोहलपुर नगरपालिका ११ लोकनगरका गायक खेम भौगरियाले एक तले ६ कोठाको पक्की घर गीत गाएरै निर्माण गर्न सफल भएको बताउनुभयो ।

अरु कुनै पेशा छैन गीत गाएरै यहाँसम्म पुगेको छु, भौगरियाले भन्नुभयो । डेढ दशकमा सय बढि गीतहरुमा स्वर दिएको छु भौगरियाले बताउनुभयो । दर्शकहरुको माया र सहयोगले कलाकारिता पेशामै रमाउन सफल भएको बताउँदै गायक भौगरियाले गायन पेशामै आफू सन्तुष्ट रहेको बताउनुभयो । क्यासेटको जमानादेखि हालसम्म गीत संगितमै निरन्तर लागेको हुनाले सवैको उत्तिकै माया पाएको छुँ उहाँले भन्नुभयो ।

ऐहो मोर राम भाई सुनिदेउ विरहक कहानी भन्ने बोलको थारु गीतबाट गायन क्षेत्रको सुरुवात गरेको गायक भगौरियाले अहिलेसम्म सयभन्दा बढि गीतमा स्वर दिइसकेको बताउनुभयो । अहिलेसम्म मलाइ दर्शकले हेरो हेरो यी कैसिन रीति देखती बातु, निस्ठुरी ना कहो महिन समय भइल निस्ठुरी, फुला असक फुलल मैयक वारीम, लेहगावाली गोरी, मछरी मारे जइ हो गोरी र रंगिन चोलीमा भन्ने बोलको गीतबाट झनै गायन पेशामा हौसला थपेको गायक भौगरियाले बताउनुभयो ।

क्यासेटको जामानदेखि अहिलेसम्म निरन्तर गीत गाउँदै आएका भौगरियाले चारवटा नेपाली र एउटा भोजपुरी गीतमा समेत स्वर दिएको बताउनुभयो । बढिसे मलाई महोत्सव कार्यक्रमहरुमा माग आउने गरेको छ भौगरियाले भन्नुभयो ।

क्यासेटको जामानदेखि अहिलेसम्म निरन्तर गीत गाउँदै आएका भौगरियाले चारवटा नेपाली र एउटा भोजपुरी गीतमा समेत स्वर दिएको बताउनुभयो । बढिसे मलाई महोत्सव कार्यक्रमहरुमा माग आउने गरेको छ भौगरियाले भन्नुभयो । पहिले ३० हजार रुपैयामा एक एल्बम तयार हुन्थ्यो भने अहिले ३० हजार रुपियाँ एकवटै अडियो गीतमा खर्च लाग्ने गरेको गायक भौगरियाले बताउनुभयो ।

बुवा नन्दलाल चौधरीको कोखबाट जन्मेका गायक भौगरिया रातके निद चुराईलो भन्ने बोलको गीतले संगित स्वरमा थारु अवार्ड समेत दिलाउन सफल भएको उहाँले बताउनुभयो । पहिले बुवा मुक्त कमैया बस्नुभएको थियो म सानै उमेरदेखि गायन पेशालाई अंगाले उहाँले भन्नुभयो ।

बुवा मुक्त कमैया बस्दा र म गायन पेशा अंगाल्दाको अवस्था दर्दनाक रहेपनि आफु कहिल्यै नझुकी कामलाई निरन्तरता दिएको भौगरियाको भनाई छ । दिल्याम मछि भरल बा हर कुलियाम गेगता धरल बा भन्ने बोलको गीत केही दिनमै निकाल्ने तयारीमा रहेको उहाँले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया