कृष्णजन्माष्टमीकै दिन आइतबार पूर्वीया थारुले रैव पर्व मनाउँदै



सुनिल चौधरी
झुम्का, भदौ १६ गते । धार्मिक र स्वस्थयलाभको कामना गर्दै पुर्वका थारुहरु भदौ १७ आईतवार “रैब पर्व” मनाउने तयारी गरेका छन् । आईतवारका दिन रैब पर्व मनाउँदै दहि, च्युरा, दुध, खिर, जुलेबी, मिठाई, फलफुल तथा गुलियो खानेकुराहरु खाएर मनाउने तयारी गरिएको थारु अगुवाले बताएका छन् ।

थारु भाषामा आईतवारलाई रैब भन्ने गरेकोले यो पर्व रैब हुन गएको मानिन्छ । आईतवारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले आईतवार सो पर्व मनाउने तयारी गरेका छन् । यस बर्षको भदौमा पाँच आईतवार रहेको छ जस्मा बिषेशगरी १७ गते आईतवारका दिन कृष्ण जन्मअष्टिमिको सुभसाईतको अवसरमा रैव पर्व मनाउने तयारी गरिएको छ ।

धार्मिक मान्यता अनुसार पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहिआएको छ । खेत रोपाई संगै बिश्राम लिने महिना भदौ भएकाले एक दिन दहि च्युरा खाएर पर्व मनाउने प्रचलन रहेको छ । पर्र्वमा थारुहरुले बिहानै स्नानगरी प्रकृती र कुलदेवतालाई परिकारहरु बिधिवत चढाउदै प्रसादको रुपमा खाने गर्दछन् ।

खेतिपाती रोपाई सकेपछि मनाउने यस पर्व खेती रोपाईको क्रममा कृषकले नुन र तेल बढी खाने गरेको हुदा प्रेसर बढ्ने भएकोले एक दिन नुन र तेल नखाई गुलियो खानेकुरा खादा प्रेसरमा सन्तुलन आउने विश्वास गरिन्छ ।

खेतिपाती रोपाई सकेपछि मनाउने यस पर्व खेती रोपाईको क्रममा कृषकले नुन र तेल बढी खाने गरेको हुदा प्रेसर बढ्ने भएकोले एक दिन नुन र तेल नखाई गुलियो खानेकुरा खादा प्रेसरमा सन्तुलन आउने विश्वास गरिन्छ । यस पर्वको सुरुवात भएको ग्रामथानका अगुवाहरुले बताउँछन ।

त्यसैगरी रोपाईको क्रममा शारीरिक परिश्रम बढी गर्नुपर्दा त्यसको भरण पोसनका लागि दहि, दुध खादा शरीर बलियो हुने र फेरि खेतीको काममा जुटन सक्ने भएकोले पनि यस पर्वको महत्व रहेका थारु कल्याण कारीणी सभा (थाकस) सुनसरी सचिव मनोज चौधरीले बताउनुभयो ।

यसैगरी धार्मिक मान्यता अनुसार बालबच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा बृद्धिकोलागि समयमा बर्षा होस, बालिनालिमा रोग नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाईने चलन छ ।

पर्वको एक दिन अगाडि बिषहैरको डालि पनि उठाउने प्रचलन रहेको छ । पर्वको भोलिपल्ट बिषहैर पुजा गर्दै रैब पर्व र बिषहैरको समापन गरिन्छ । महिलाहरु सामुहिक रुपमा टोलका प्रत्येक घरधुरिबाट डालि संकलन गर्दै नदि, तलाउ, पोखरीमा सम्पन्न गर्ने परमपरा छ ।
सर्प, बिच्छि वा कुनै बिसालु जनावरले दुःख नदियोस भन्दै नाग देवताको प्रतिमुर्ति बनाएर सो बिषहैर पुजा गरेर प्रसाद ग्रहण गर्दै पर्व समपन्न गरिन्छ ।

रैब पर्वको महत्व र उधेश्यबारे अहिलेको युवाहरुले लिन नचाहेकोले यो पर्व संकटमा रहेको थारु अगुवा तेजनारायण चौधरीले बताउनुभयो । पर्वलाई जिवन्त राख्नका लागि युवाहरुले पर्वको बारेमा ऐतिहासिकताको खोजी गर्नुपर्ने उहाँले बतउनुभयो ।
यसबारेमा पुरुषहरुमा चासो कम रहेकोले अब महिलाहरुले नेतृत्व लिदै पर्वहरुको संरक्षणमा लाग्नु पर्ने थारु महिला उत्थान समाज सुनसरीकी अध्यक्ष तथा महिला अधिकार कर्मि सिता थरुनीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया