चर्चित थारु गायक विश्वसागर परियार अब आफै मोडलिङको भूमिकामा


भगतराम थारु
नेपालगन्ज, भदौ २६ गते । चर्चित थारु गायक विश्वसागर परियार गायनसंगै अब मोडलिङमा पनि भुमिका खेल्न थाल्नुभएको छ । गायक परियार आफ्नै स्वरमा रहेको म्युजिक भिडियोमा मोडलिङ गर्नुभएको छ ।

गायक परियारको मुख्य भूमिका रहेको म्युजिक भिडियो कैलालीको बिभिन्न ठाउँमा छायांकन गरिएको छ । कहो न का तुहिन कर्ना विचार बा महिन अपन मुठ्ठामे धर्ना विचार बा ‘मोर मैया’ भन्ने बोलको गीतमा म्युजिक भिडियो मार्फत गायक परियार मोडलिङ्गतिर हात हाल्नुभएको हो ।

थारु सलिमा निर्देशक चन्द्र चौधरी ‘चाँद’ द्वारा निर्देशित म्युजिक भिडियोमा गायक परियार, रमेश चौधरी र लभली अनु चौधरीको मुख्य भूमिका छ । शब्द तथा संगीत शिवु गिरी र विश्वसागर परियारको रहेको गीतमा परियार आफैले स्वर दिएका छन् ।

धनगढी उपमहानगरपालिका भित्र छायांकन भएको म्युजिक भिडियोको क्यामेरा तथा एडिटिङ्ग, मिक्सिङ्ग सतिश सिन्हाले गर्नुभएको छ । त्यस्तै गीतको मेकअप सानु कुश्मीको छ । निर्देशक चौधरीद्वारा निर्देशित तेस्रो म्युजिक भिडियोको रुपमा आइरेहको म्युजिक भिडियोमा शिक्षिका र गाउँले युवा बीचको माया प्रेम देखाउन खोजिएको छ ।

असोज महिनाको पहिलो साता रिलिज हुने म्युजिक भिडियो अन्य म्युजिक भिडियो भन्दा फरक रहेको निर्देशक चौधरीले बताउनुभयो । सी.एस. फिल्म्सको प्रस्तुतीमा बनिरहेको म्युजिक भिडियो सि.एस.फिल्मस् युट्यूव च्यानल मार्फत सार्वजनिक हुने जनाइएको छ । थारु गायक परियारले करिव तीन दर्जन चर्चित गीतमा स्वर दिइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया