थाकसको संस्थागत विकासका लागि भरतपुरमा थारु अगुवाबीच छलफल


कारी महतो थारु
भरतपुर, भदौ २७ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले आफ्नो मातहतमा रहेका १० क्षेत्रका क्षेत्रीय पदाधिकारीहरुका बीचमा बुधबार संस्थागत विकास सम्बन्धी तालिम र अन्तरक्रिया गरेको छ ।

भरतपुर १२ मा रहेको ओएसिस मेडिकल कलेजको तालिम कक्षमा अन्तरक्रिया तथा तालिम कार्यक्रम भएको हो । कार्यक्रममा थाकसका कानूनी सल्लाहकार पूर्वन्यायधिश नन्दलाल महतो, इन्जिनियर गुनेश्वर महतो र पूर्व सचिव संजयकुमार चौधरीले सहजीकरण गर्नुभएको थियो ।

थाकस चितवनका सभापति ललितकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरु पाँच समूहमा विभाजन भई सामूहिक छलफल गरी निस्कर्ष निकालेका थिए । भदौ ३० गते पूर्व पदाधिकारी र सल्लाहकारबीच छलफल गर्ने पनि निर्णय भएको सभापति चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा डा. मनोज कुमार चौधरी र केन्द्रीय पूर्वउपाध्यक्ष भजुमनराम महतोले मन्तव्य व्यक्त गर्दै थारु समाजका लागि थाकसको योगदान र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझावसहितको धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया