प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने, थाकसको उदघाटन देउवाले गर्ने !


काठमाडौं, असोज २ गते । प्रधानमन्त्री केपी शर्मा ओली संयु्क्त राष्ट्र संघको ७३ औं महासभा बैठकमा भागलिन ६ गते शनिबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओली अमेरिका जाने हुनुभएपछि थाकस महाधिवेशनको उदघाटन प्रतिपक्षीदलका नेता शेरबहादुर देउवाबाट गराउने कसरत पदाधिकारीहरुले गरिरहनुभएको बुझिएको छ ।

महासभाको उच्चस्तरीय सम्बोधन सत्रमा भाग लिन प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय टोली अमेरिका जाने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताउनुभयो ।

उहाँकाअनुसार राष्ट्र संघको महासभाको औपचारिक बैठक असोज २ गते मंगलबारबाट शुरु भएपनि उच्चस्तरीय सम्बोधन भने ९ गतेबाट शुरु हुनेछ । प्रधानमन्त्री ओलीले महासभा बैठकलाई ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

थारु समदायको माग मुद्दा प्रतिपक्षी दलले सम्बोधन गर्ने होइन, सरकारले नै गर्ने हो त्यसैले सरकारका प्रतिनिधिलाई नै माग सम्बोधनको पहल गर्नु राम्रो हुन्छ, प्रमुख अतिथि पनि सरकारकै प्रतिनिधिबाट बनाउनुपर्ने एक पदाधिकारीले बताउनुभयो ।

“राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट” मूल नारा तय गरिएको महासभाका लागि प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैबीच थारु कल्याणकारिणीसभाको महाधिवेशनको उदघाटनसत्रको उदघाटन प्रधानमन्त्री ओलीबाट गराउने तयारी थाकसले गरेपनि उहाँ अमेरिका जाने हुनुभएपछि कार्यक्रमको उदघाटन प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबाट गराउने तयारी गरिएको थाकसले जनाएको छ ।

सरकारी पक्षबाटै कार्यक्रम उदघाटन गराएमा थारुको मागमुद्दाबारे सुन्ने र त्यसको कार्यान्वयनकालागि पहलका लागि प्रतिवद्धता गर्ने आशा थाकसका केही पदाधिकारीको रहेको छ । तर केही पदाधिकारीले थारुको माग मुद्दाबारे वर्तमान सरकार सकारात्मक नरहेकाले प्रतिपक्षी दलका नेताले मागबारे आवाज उठाउने भन्दै देउवालाई प्रमुख अतिथि बनाउनुपर्ने कसरत गर्दैआएका छन् ।

थारु समदायको माग मुद्दा प्रतिपक्षी दलले सम्बोधन गर्ने होइन, सरकारले नै गर्ने हो त्यसैले सरकारका प्रतिनिधिलाई नै माग सम्बोधनको पहल गर्नु राम्रो हुन्छ, प्रमुख अतिथि पनि सरकारकै प्रतिनिधिबाट बनाउनुपर्ने एक पदाधिकारीले बताउनुभयो ।

प्रधानमन्त्री विदेश गएमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वा सरकारका कुनै मन्त्रीसँग गराउन उपयुक्त हुने ती पदाधिकारीको सुझाव छ । तर थाकसका केन्द्रीय पदाधिकारीमा कांग्रेस निकट सदस्यहरुको बाहुल्यता रहेकाले प्रतिपक्षी दलका नेतालाई प्रमुख अतिथि बनाउनुपर्ने अडान शुरुदेखि रहँदैआएको ती सदस्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया