संविधान दिवसको अवसरमा थारु कलाकारको प्रभातफेरि


भगतराम थारु
नेपालगन्ज, असोज ०३ गते । संविधान जारी भएको तीन वर्ष पुरा भएको अवसरमा आज कोहलपुरमा थारु कलाकारहरुले प्रभातफेरि निकालेका छन् ।

राष्ट्रिय थारु कलाकार मंचले पनि प्रभातफेरि निकालेर दिवस मनाएका छन् । थारु कलाकारहरुको सहभागिता र सम्मान भन्ने मुल नाराकासाथ निकालिएको प्रभातफेरि कोहलपुरको न्युरोड हुदै कोहलपुर चौराहामा पुगेर कोणसभामा परिणत भएको राष्ट्रिय थारु कलाकार संघका केन्द्रिय सदस्य खेम भौगरियाले जानकारी गराउनुभयो ।

थारु सांस्कृति झल्कने हुरदुङग्वा नाच सहितको ¥यालीमा थारु पहिरन मै थारु कालकारहरु सजिएका थिए । प्रभातफेरि पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संबिधान उपलब्धिमुलक रहेको बताउनुभयो ।

नगर प्रमुख रावतले संबिधान दिबस र राष्ट्रिय दिबसको अबसरमा स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली नागरिकहरुलाई, बिशेषत कोहलपुर नगरबासीहरुलाई सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एबं आपसी सद्भाब कायम होस भन्ने शुभकामना दिनुभएको थियो ।

कोणसभामा कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु थारुले स्वागत मन्तब्य राख्नु भएको थियो । थारुले उपस्थित सबैलाई संबिधान दिवसको अबसरमा शुभकामना दिनुभएको थियो । स्थानीय, संघ र प्रदेशको निर्वाचनपछि अहिले संविधान कार्यान्वयनको चरणमा छ ।

संविधान दिवसको अवसरमा आज बाँकेका आठवटै स्थानिय तहमा संविधान दिवस मनाइएको छ । प्रभातफेरिमा कोहलपुर नगरपालिकाभित्र रहेका बिभिन्न बिद्यालय, सरकारी कार्यालय र संघ संस्थाहरु, सुरक्षा निकायको उल्लेखिय उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया