बोक्सो भन्दै भिखु चौधरीले एक बृद्धलाई पानीमा डुवाएर कुटपिट गरे


धनगढी, असोज ४ गते । बोक्सो भन्दै गाउँको एक बृद्ध जोखन चौधरी (७०) लाई कुटपिट गरेको आरोपमा धनगढी १६, रामपुर गाउँका भिखु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।

आफूलाई गाउँको नेता ठान्ने चौधरीले खेतको धान बिगारेको भन्दै बोक्सोको आरोपमा बृद्ध चौधरीलाई स्थानीय खोलाको पानीमा डुवाएर कुटपिट गरेको पीडितका छोरा पदम चौधरीले बताए । मंगलबार विहान राङ्गालाई पानी खुवाउन नजिकको खोलामा गएकाबेला विहान ८ बजे कुटपिट गरेको छोरा चौधरीले बताए ।

बुवालाई कुटपिट गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय धनगढीमा पीडितले दिएपछि कुटपिट गर्ने पीडक चौधरीलाई विहिबार प्रहरीले पीडक चौधरीलाई गाउँबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको छ । यसअघि पनि पटक पटक गाउँका स्थानीयलाई कुटपिट गरी दुःख दिंदैआएका भिखु चौधरीलाई छुटाउन केही नेताहरु लागेको पीडित पक्षले बताएका छन् ।

कुटपिट गर्ने चौधरी राप्रपाका स्थानीय नेता हुन् । उनका छोराहरुले समेत बुवालाई छुटाउन गाउँको घटना भन्दै मिलापत्र गर्न दवाव दिएको पीडितहरुले बताएका छन् । पीडित चौधरीका छोरा पदम चौधरीले भने, “गाउँको घटना हो भन्दै मिलापत्र गराउन चौतर्फी दवाव आइरहेको छ, तर यसअघि पनि पटक पटक गाउँमा दादागिरी गर्दै गाउँलेहरुलाई अनावश्यक दुःख दिने काम भिखु चौधरीले गरेकाले मिलापत्र गर्दैनौं, कानूनअनुसार कारवाही गराउँछौं ।”

“राङ्गालाई विहान खोलामा पानी खुवाइरहेका बेला केही नबोली अकस्मात कुटपिट ग¥यो”, चौधरीले बुवाको टाउको, घाँटी र ढाडमा चोट लागेको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरि ओलीकाअनुसार पीडित पक्षको जाहेरीका आधारमा कुटपिट गर्ने चौधरीलाई पक्राउ गरिएको छ । बोक्सोको आरोपमा एक बृद्धलाई अनावश्यक रुपमा कुटपिट गरेको पाइएकाले कानूनअनुसार पीडकलाई कारवाही गरिने डिएसपी ओलीले प्रतिवद्धता जनाए ।

पीडक चौधरीले बृद्धलाई एकाविहानै खोलाको पानीमा डुबाएर पिटेको देखेपछि स्थानीयले बचाएको पीडितका छोरा चौधरीले बताए । “राङ्गालाई विहान खोलामा पानी खुवाइरहेका बेला केही नबोली अकस्मात कुटपिट ग¥यो”, चौधरीले बुवाको टाउको, घाँटी र ढाडमा चोट लागेको बताए ।

साविकको उर्मा ४, बेहडाबाबा रामपुर गाउँ अहिले धनगढी उपमहानगरपालिका १६ अन्तर्गत पर्दछ । पीडक चौधरी पनि सोही गाउँका निवासी हुन् ।

तपाईको प्रतिक्रिया