मन करे सनसन ए गोरी बोलको थारु म्युजिक भिडियो शनिबार सार्वजनिक


भगतराम थारु
नेपालगन्ज, असोज ६ गते । अहिलेका थारु चर्चित मोडल विवश चौधरीले मोडल अमृता चौधरीलाई मन करे लागल सनसन भनेपछि मोडल अमृतालाई गाह्रो भएको छ ।

भर्खरै बजारमा सार्वजनिक भएको मन करे सनसन बोलको थारु गीतमा मोडल विवशले अमृतालाई मन करे सनसन ए गोरी दिल करे लागल ढकढक भनेपछि अमृतालार्ई गाह्रो भएको हो । हरदिन हरपल अमृताको तलास लिदै आएपछि मोडल विवशलाई झनै गाह्रो भएको थियो ।

मोडेल अमृताको हरेक दिन तलास लिने क्रममा विवश आफै खलास भएको खुलाएका छन् । यही कथा बस्तुमा आधारित रहेको मन करे सनसन बोलको म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । जव तु हेरलो तिर्छि नजरिया पागल हो जाउ तु गाउँ ओजरिया, ए गोरी दिल करे लागल ढक ढक बोलको गीत सीएस फिल्मस् धनगढीको पोष्टप्रोडक्सनमा निर्माण भएको छ ।

शब्द उत्तम चौधरी र संगीत श्रीनिवास चौधरीको रहेको गीतमा उत्तम चौधरीको स्वर रहेको छ । म्युजिक भिडियोमा चर्चित मोडल विवश चौधरी र अमृता चौधरीको अभिनय छ । मासुम विष्टको डारेक्सनमा निर्माण भएको म्युजिक भिडियोमा क्यामेरा पर्सन तथा एडिटर सतिश सिन्हा छन् । म्युजिक भिडियो सिएस फिल्मस् युट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया