थारु नै मेरो जीवन होः नेता लेखी, सशक्त कार्यबाहक दिएर अघि बढ्छुँः धनीराम


थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेसनमा तीनजना उम्मेदवार आफ्नो प्रचारलाई तिव्र बनाउनुभएको छ । मंगलबार थाकसको निर्वाचन हुने तयारीमा छ । एक पक्ष नयाँ कार्य समिति सर्वसम्मत बनाउने प्रयास पनि जारी राखेका छन् । हेरौं तीनै जना उम्मेदवारको प्रतिवद्धता जस्ताकोतस्तै

राजकुमार लेखी (अध्यक्षको प्रत्यासी)

तपाईमाथि थारुलाई मधेसीकरण गर्ने आरोप छ नि ?

३५ वर्षदेखि म थारुको मुद्दा निरन्तर उठाउँदै आएको व्यक्ति हुँ । थारुको १९ दिने ११ दिनेदेखि ठूलठूला आन्दोलनको नेतृत्व गर्दैआएको छुँ । म थारुको कोखबाट जन्मेको व्यक्ति हुँ । मलाई मधेसी देख्नु हेर्नेले आफ्नो नजरिया बदल्नुपर्छ । थारुको अधिकार र माग मुद्दामा म आजीवन उठाउने छुँ । थारुको मुद्दा डवाउने प्रयास गरिए राष्ट्रिय जनता पार्टी (राजपा) मा एक मिनेट बस्दैन । थारु नै मेरो जन्म हो, पहिचान हो र अस्तित्व हो । त्यसैले मलाई मधेसीको आरोप लगाउनु गलत नियत भएकाहरुको काम हो ।

मलाई मधेसी देख्नु हेर्नेले आफ्नो नजरिया बदल्नुपर्छ । थारुको अधिकार र माग मुद्दामा म आजीवन उठाउने छुँ । थारुको मुद्दा डवाउने प्रयास गरिए राष्ट्रिय जनता पार्टी (राजपा) मा एक मिनेट बस्दैन ।

टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरुलाई छुटाउने भूमिका खेल्नुहुन्छ ?
टीकापुरको आन्दोलन थारु अधिकारका निम्ति गरिएको आन्दोलन थियो । थारुको जिम्मा लिनु थारु अगुवाको कर्तव्य र दायित्व दुवै हो । थारु कल्याणकारिणीसभा (थाकस) को जन्म थारुकै भलाई र हितकालागि जन्मेको संस्था हो । म अध्यक्षमा निर्वाचित भएमा पहिलो कार्यक्रम टीकापुरमै गरेर देखाउँछु र थारुको माग मुद्दा उठाउने अभियान त्यहीबाटै शुरु  गर्छु । टीकापुरको घटनामा पक्राउ परेका निर्दोसलाई न्याय दिलाउनका लागि मेरो जुनसुकै प्रयास रहने छ ।

थाकसलाई चलायनमान बनाउन के के योजना छ तपाईसँग ?
थाकसको पहिलो काम विधान समयानुकुल परिमार्जन गरी युवालाई नेतृत्वमा ल्याउने मेरो पहल हुन्छ । उमेर पुगेका बुद्धिजिवीहरुको राय सल्लाह लिने र युवाको नेतृत्वमा थाकसको योजना अघि बढाउने मेरो तिव्र चाहना छ । म अहिलेसम्म पदमा रहेर वा नरहेर थारुको निम्ति अनवरत लागिरहेको छुँ । अब एक पटक थाकसको नेतृत्वमा आएर थारुकालागि योगदान दिने मेरो तिव्र लक्ष्य छ । थारुको माग, पहिचान र अस्तित्वमा म कसैसँग सम्झौता गर्न सक्दिन ।

नयाँ संविधानमा थारुलाई अलग क्लष्टर प्रदान गरिसकेको छ । अब थप अधिकार, थारुको अस्तित्व र सरकारी निकायमा जनसंख्याको हिसावले थारुको प्रतिनिधित्व सुनिश्चित गराउन मेरो कार्यकालको काम हुनेछ । म त्यो काम गरेर देखाउँछु ।

धनीराम चौधरी (अध्यक्षको प्रत्यासी)

थारुको लागि मेरो जागीर दाउमा लगाएँः धनीराम चौधरी
वर्तमान अध्यक्ष धनीराम चौधरीले २१ औं महाधिवेशनमा जागीर मेरोलागि ठूलो होइन, कुर्बान गर्छु भनेको थिएँ, गरेर देखाएँ । नौ महिनामा ३४ वटा बैठक बसाएर देखाएँ । म अर्धभूमिगत जरुर छुँ तर काममा कुनै सुस्तता गरेको छैन । अध्यक्ष निर्वाचित भएमा भोलि पनि अनवरत थारुको निम्ति लडाई लड्ने छुँ ।

म योजना बनाउँछु, त्यसलाई कार्यान्वयन गर्ने जिम्मा कार्यबाहक अध्यक्षलाई दिन्छुँ । उपाध्यक्ष काविल ल्याएर त्यसैलाई कार्यबाहक दिएर अघि बढ्ने मेरो योजना छ । टीकापुर घटनापछि सरकारले म माथि अनेक मुद्दा लगाएकाले पक्राउ गर्छ भन्ने मलाई डर छ ।

तपाई अध्यक्ष भएर महाधिवेशनमा त खुलेर उपस्थिति जनाउन सक्नु भएन भोलि कसरी आन्दोलन हाँक्नुहोला ?
म योजना बनाउँछु, त्यसलाई कार्यान्वयन गर्ने जिम्मा कार्यबाहक अध्यक्षलाई दिन्छुँ । उपाध्यक्ष काविल ल्याएर त्यसैलाई कार्यबाहक दिएर अघि बढ्ने मेरो योजना छ । टीकापुर घटनापछि सरकारले म माथि अनेक मुद्दा लगाएकाले पक्राउ गर्छ भन्ने मलाई डर छ । टीकापुर घटनामा पक्राउ परेकाहरुको हालत तपाईले देख्नुभएकै छ । मलाई पक्र्यो भने मेरो हालत पनि त्यही हुनेछ । त्यसैले म पक्राउ हुनबाट जोगिएर बसेको छुँ । थारुको मुद्दा उठान गर्न पक्राउ परेर होइन, बाहिरै रहेर सक्रियता जनाउने खाँचो छ, र म त्यही गरिरहेको छुँ । महाधिवेशनको उदघाटनसत्रमा म एकछिन भएपनि उपस्थित भएँ । बन्दसत्रमा पनि केही क्षण उपस्थित भएकै हुँ ।

आफ्नो कारवाही जोगाउन तपाईलाई अध्यक्ष चाहिएको हो कि थारु समुदायको अधिकारका निम्ति ?
पहिलो कुरा आफू बाँचेमा मात्रै अरुका निम्ति काम गर्न सक्ने हो । म तव काम गर्न सक्छुँ जब निर्दोस सावित भएर खुलेयाम अभियानमा जानसक्छुँ । मलाई मेरो पदकालागि अध्यक्ष चाहिएको होइन, सुरक्षाका निम्ति पनि चाहिएको होइन । थारु समुदायकै निम्ति काम गर्नकालागि मलाई अध्यक्ष पद एक कार्यकालका लागि फेरि चाहिएको छ । मैले देखेको सपना यो कार्यकालमा पूरा नभएकाले अर्को कार्यकालमा त्यसलाई पूरा गर्न मलाई पुनः अध्यक्ष पदको जिम्मेवारी चाहिएको हो ।

थारु कल्याणकारिणीसभाको ७० वर्षे अवधिमा सबैभन्दा समस्यामा परेको अध्यक्ष म नै हुँ । यसअघि कसैले यस्तो समस्या भोगेको थिएन । मैले जागिर गुमाएँ, श्रीसम्पत्ति गुमाएँ । आफ्नो घर परिवारलाई डामाडोल पारें । अझ थारुकै निम्ति काम गर्छु भन्ने मेरो तिव्र अठोट छ ।

विश्राम महतो (अध्यक्षको प्रत्यासी)

तपाईलाई अध्यक्ष किन बनाउनु पर्यो ?
७० वर्षे इतिहास बोकेको थाकस संस्था अहिले आएर प्यारालाइज्ड भएको छ । गतिहिन भएको छ । अव यसलाई सुचारु गराउन मेरो नेतृत्वको आवश्यकता मैले देखेको छुँ । थारुको हक अधिकारलाई सुनिश्चित गराउन, थारुको पहिचान कायम गर्न, काठमाडौंमा थाकसको भव्य भवन निर्माण गर्न मेरो उम्मेवदारी हो । टीकापुर घटनामा पक्राउ परेका निर्दोसलाई छुटाउन मेरो उम्मेदवारी हो ?

तपाई उम्मेदवारी फिर्ता लिदै हुनुहुन्छ भन्ने हल्ला छ बाहिर ?
यो विल्गुल गलत कुरा हो । म फिर्ता लिनका लागि उम्मेदवारी दिने निर्णय गरेको होइन, थारुका लागि केही गर्छु भनेर दिएको हुँ । यो मेरो परीक्षाको घडि पनि हो । मलाई कतिले मन पराउनुहुन्छ भन्ने निक्र्यौल पनि यो महाधिवेशनबाट हुन्छ । त्यसैले म कुनै हालतमा उम्मेदवारी फिर्ता लिंदैन ।

तपाईले आफैलाई मूल्याङ्कन गर्दा कति भोट ल्याउछुँ भन्ने लाग्छ ?
शतप्रतिशत मत ल्याउँछु भन्ने मलाई पूरा विश्वास छ । चित्तवनमा मैले थाकसको सभापतिको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छुँ । यहाँ सहभागी प्रतिनिधिहरुले मेरो कामको मूल्यांकन गर्नुभएको छ । त्यसैले म जित्छुँ भन्ने मलाई पूरा विश्वास छ । म कुनै प्रलोभनमा पर्दैन, पर्न आवश्यक छैन । विशुद्ध थारुको हकहित र न्यायकालागि लडाई लड्ने मेरो प्रण हो ।

भानुराम थारु

अध्यक्ष, नेपाल लोकतान्त्रिक फोरम

तपाई एउटा दलको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ, थाकसलाई राम्ररी बुझ्नु भएको पनि छ, अब थाकसलाई कस्तो नेतृत्वको खाँचो छ ?
थाकस थारु समुदायको हकहितका लागि खोलिएको सामाजिक संस्था हो । त्यसैले थारुमै केन्द्रीत हुनुपर्छ । अहिलेसम्म नेतृत्वको असक्षमताले थाकसले गति लिन नसकेको मेरो बुझाई छ । विधि र प्रक्रियाअनुसार अघि बढ्न पहिले नेतृत्व पनि अनुशासित र विधि प्रक्रियालाई मान्ने हुनुपर्छ । ७० वर्षे दौरानमा थाकस नसुध्रिनु विडम्बना हो हाम्रो लागि । थाकसको नेतृत्वकालागि सशख्त, जुझारु र समाज रुपान्तरण गर्नकालागि हो । अब लुकेर, धुकेर, स्वार्थ मनमा राखेर काम गर्नेलाई नेतृत्वमा आउन दिनु हुँदैन ।

७० वर्षे दौरानमा थाकस नसुध्रिनु विडम्बना हो हाम्रो लागि । थाकसको नेतृत्वकालागि सशख्त, जुझारु र समाज रुपान्तरण गर्नकालागि हो । अब लुकेर, धुकेर, स्वार्थ मनमा राखेर काम गर्नेलाई नेतृत्वमा आउन दिनु हुँदैन ।

थारु समुदायका निम्ति योगदान दिने चाहे बुढो मानिस होस कि युवा होस् नेतृत्वमा आउनुपर्छ । युवा आउने वित्तिकै छुमन्तरले काम गर्ला भन्ने भ्रममा पनि रहनु हुँदैन । सबैलाई मिलाउन सक्ने, राजनीतिबाट धेरै ग्रसित व्यक्ति नेतृत्वमा आउनु ठीक हुँदैन । थारुका निम्ति लडाई लड्नु छ भने पहिलो थारु समुदाय के हो ? ती समुदायको माग मुद्दा के हो ? त्यसको सम्बोधन कसरी सम्भव छ, त्यो बारेमा राम्रो जानकार व्यक्ति नै नेतृत्वमा ल्याउनुपर्छ । सबै मानिसको आफ्नो विचार हुन्छ, त्यसलाई रोक्न सकिदैन । तर नेतृत्वमा आउने व्यक्तिले राजनीतिक चप्पल ढोका बाहिर निकालेर थाकसमा प्रवेश गर्नुपर्छ भन्ने मलाई लाग्छ । यो सामाजिक संस्था हो, समाजकै निम्ति लड्नुपर्छ । जेलनेलको डर डराउने व्यक्ति नेतृत्वमा नआउँदा नै राम्रो हुन्छ । एक व्यक्तिकालागि सिंगो थारु समुदायलाई धरापमा पार्ने काम गरिनु हुँदैन ।

तपाईको प्रतिक्रिया