थारु कल्याणकारिणीसभाको अध्यक्षमा पुनः धनीराम चौधरी निर्वाचित


काठमाडौं, असोज १० गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणीसभा (थाकस) को अध्यक्षमा पुनः अर्को कार्यकालकालागि धनीराम चौधरी निर्वाचित हुनुभएको छ । उहाँले १२ मतको अन्तरले नेता राजकुमार लेखीलाई हराउँदै दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित हुनुभयो ।

अध्यक्षमा निर्वाचित चौधरीले ८२ मत प्राप्त गर्नुभयो भने अर्का प्रत्यासी लेखी ७० मत र अध्यक्षका अर्का प्रत्यासी विश्राम महतोले १० मत प्राप्त गर्नुभयो । त्यस्तै अन्य केन्द्रीय सदस्यमा कञ्चनपुरबाट भागिरथि राना, कैलालीबाट रामचरण चौधरी, बर्दियाबाट मिनराज चौधरी, बाँकेबाट नेमनारायण सिंह थारु, सुर्खेतबाट कृष्णबहादुर थारु, दाङबाट चुर्णबहादुर चौधरी, कपिलवस्तुबाट जंजीरप्रसाद चौधरी, रुपन्देहीबाट देवीप्रसाद चौधरी निर्वाचित हुनुभयो ।

सोहीअनुसार नवलपरासीबाट नरेश चौधरी, चितवनबाट राजेन्द्र चौधरी, मकवानपुरबाट जानकी चौधरी, पर्साबाट बृजमोहन चौधरी, बाराबाट हृदयनारायण चौधरी, रौतहटबाट अधिकलाल चौधरी, महोत्तरीबाट चन्द्रनारायणसिंह थारु, धनुषाबाट उत्तम चौधरी, सिरहाबाट वीरेन्द्र चौधरी, सप्तरीबाट साबित्री चौधरी, उदयपुरबाट जयराम पञ्जियार, सुनसरीबाट पुनितलाल चौधरी, मोरङबाट कन्नुलाल चौधरी र झापाबाट हरिनारायण चौधरी निर्वाचित हुनुभयो ।

त्यस्तै महिलाबाट निर्वाचित नौजनामा दिलकुमारी चौधरी, विष्णकुमारी चौधरी, कृष्णमाया चौधरी, यशोदा चौधरी, सुमित्राकुमारी चौधरी, इन्दु चौधरी, सरस्वती चौधरी, उर्मिलादेवी चौधरी र लक्ष्मी चौधरी निर्वाचित हुनुभयो ।

निर्वाचितमध्ये सदस्यबाटै अर्को बैठकमा पदाधिकारीको जिम्मेवारी तोक्ने निर्वाचित सदस्यहरुले बताउनुभएको छ । अध्यक्ष चौधरीले पहिलो बैठक बुधबारका लागि बोलाउनुभएको छ ।

निकै प्रतिस्पर्धाकाबीच भएको निर्वाचनमा अनेक झुठा आरोप लगाएर र मतदातालाई प्रलोभनमा पारेर आफूलाई हराइएको नेता लेखीले प्रतिक्रिया दिनुभएको छ । आफू पराजित भएपनि थारुको मुद्दा उठानमा कहिल्यै पछि नहट्ने लेखीले प्रतिवद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया