काठमाडौं, असोज ११ गते । थारु कल्याणकारिणी सभा (थाकस) को नयाँ नेतृत्व (अध्यक्ष) पदकालागि १२ मतले पराजित हुनुभएका नेता राजकुमार लेखीले शुक्रबारदेखि झापा–कञ्चनपुर अभियान शुरु गर्न लागेको बताउनुएको छ ।
आफू अध्यक्षमा पराजित भएपनि थारु समुदायको समर्थन, सहयोग र आशा आफूबाट भएकाले महाधिवेशनमा गरेको सहयोग, साथ र समर्थनकालागि धन्यवाद दिन र थारु मुद्दाका विषयमा छलफल गर्न अभियान शुरु गर्न लागेको लेखीको भनाई छ ।
“महाधिवेशनमा १२ मतले पराजित भएपनि मलाई जनताको बीचमा समर्थन र सहयोग गर्ने लाखौं जनता र जनमत छ भन्ने कुरामा विश्वस्त छुँ” नेता लेखीले विहिबार जारी विज्ञप्तीमा उल्लेख छ । अध्यक्ष पदमा नरहेपनि विभेद र अन्यायमा परेकाहरुको पक्षमा निरन्तर लडिरहने प्रण नेता लेखीले गर्नुभएको छ ।
हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ