जितिया पर्वको अवसरमा थारु महिला उत्थान समाजले भव्य कार्यक्रम गर्दै


सुनिल चौधरी
झुम्का,असोज ११ गते । तराईमा बसोबास गर्ने थारु महिलाहरुको महान पर्व “जितिया” नजिकिदै जादा महिलाहरुले मौलिक परम्परा अनुसार सो पर्व मनाउने तयारी गरेका छन् । सोहीक्रममा थारु महिला उत्थान समाज सुनसरीले पनि जितिया पर्वको भव्य आयोजना गर्दैछ ।

बाल बच्चा, घरपरिवारमा आईपर्ने सम्भावित अनिष्टहुनबाट बच्नकालागि महिलाले बिधिवत निराहार ब्रत लिएर जितिया पर्व मनाउँछन् । यो पर्वको मौलिकत्ता प्रबद्र्धनमा थारु संघ, संगठन, संस्थाहरु यसबर्ष पनि विविध कार्यक्रम गरेर मनाउने भएका छन् ।

“जितिया” पर्व अष्टमिमा मनाईने यसबर्ष असोज १६ गते परेको छ । बिधिअनुसार सप्तमिमा “लाह्य”, अष्टमिमा “जितिया” पर्व र नवमिमा “पारण” गर्ने चलन छ । यस पर्वमा माईत आएका महिलाहरु ब्रत लिएर भेला भएर ईष्टमित्रमा दुःख सुखका कुरागर्ने र कथा श्रवण गर्ने परम्परा भए पनि पछिल्लो अवस्थामा राजनीतिक आग्रह पूर्वाग्रह सांस्कृतिक पर्वमा पनि देखिने गरेको छ, जुन राम्रो होइन ।

थारु महिला उत्थान समाज सुनसरीले रामधुनीको झुम्कास्थित जितमहान चौकमा फरक कार्यक्रमको आयोजना गर्ने भएको छ । बिगत बर्षझै थारु मौलिकता र महत्वकोबारेमा जानकारी गराउने भएको छ । असोज १६ गते मंगलवार बक्तृत्वकला र साँसकृतिक कार्यक्रमको आयोजना गर्ने उत्थानकी अध्यक्ष सीता चौधरी थरुनीले बताउनुभयो । सोही दिन विहान स्वास्थ्य शिविरको पनि आयोजना हुने उत्थानले जनाएको छ ।

महिला अधिकारकर्मिहरुको उपस्थितमा बक्तृत्वकलाको माध्यमबाट पर्वको मौलिकत्ता, महत्व र महिला अधिकारको सन्देस दिने प्रयोस गरिने अध्यक्ष चौधरीले बताउनुभयो । महिला सुरक्षालाई दृष्टिगत गरेर सचेतना तथा महिला स्वस्थय सम्बन्धि सिविर सोही दिन सञ्चालन गरिने छ ।

कार्यक्रम रामधुनी १ झुम्का स्थित जितमहान चौकमा, हनुमान मन्दिरको प्राङ्गनमा गर्ने बताएको छ । बत्तृmत्वकलामा सहभागीकालागी गाउँटोल, क्लब, महिला समुह, बिध्यालय, बोंिडङ्ग स्कुल तथा ईच्छु ब्यक्ति सहभागी हुनसक्ने उत्थान समाजले बताएको छ ।

वक्तृत्वकलामा उत्कृष्ट ४ जनालाई प्रथम, दोस्रो, तेस्रो र सानत्वना गरेर नगद सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ । सहभागी वक्ताले जितियाको मौलिक परम्परा, महत्व, बिधि, यसले समाजमा पारेको सकारात्मक प्रभावका बारेमा बोल्नु पर्ने अध्यक्ष थरुनीले बताउनुभयो ।

कार्यक्रममा आर्थिक सहयोग रामधुनी बचत समुह दोहा कतार च्यापटरले गरेको छ । उत्थान समाज रामधुनी बिशुद्ध रुपमा थारु पर्व तथा कार्यक्रमहरु गर्दै आएकोले दोहा कतार च्यापटरले प्रत्येक बर्ष आर्थिक सहयोग गर्दै आएको छ ।

थारु प्रवासिहरुको सहकार्यमा गठन भएको रामधुनी बचत समुह दोहा कतार च्यापटरले थारु कला संस्कृति संरक्षण, उपचार सहयोग लगायतका कार्यहरु गर्दैआएको छ । च्यापटरका एक सदस्य रामधुनी वडा नं. २ सिवनगरटोलका सदस्य लक्ष्मण चौधरीले आफूहरु प्रवासमा भएपनि आफनो नेपालीपन र आफनो संस्कारहरुको संरक्षण गर्न तत्पर रहेको बताउनुभयो ।

सो कार्यक्रमको मिडिया पार्टनरमा रेडियो रामधुनी, थारु पत्रकार संघ सुनसरी, बर्णमाला दैनिक पत्रिका,हमार पहुरा डट कम, अनलाईन मिडिया, पुर्वैया थारु सनेस रहने उत्थानकी अध्यक्ष थरुनीले बताउनुभयो ।

थारु महिला उत्थान समाज स्थापनाकालदेखि थारु महिलाको सशक्तिकरण, समाजमा देखिएका विकृति विसंगति विरुद्धको अभियान, सचेतीकरण, गरिब, असहाय तथा प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धार, सहयोग र जनचेतनामुलक कार्यक्रम गर्दैआएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया