लोकतन्त्र संस्थागतमा सञ्चारको भूमिका अहम


 

SAM_2148

काठमाडौं, मंसिर ११ गते । लोकतन्त्र संस्थागत गर्नमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने धारणा सञ्चारसम्बद्ध संस्थाका प्रतिनिधिहरुले राख्नुभएको छ ।

प्रेस चौतारी नेपालद्वारा शुक्रबार यहाँ आयोजित लोकतन्त्रको निर्माणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा त्यस्तो धारणा राख्नुभएको हो । नयाँ संविधानमा तराई मधेसको विषयमा यथोचित सम्बोधन भएपनि सोबारे नागरिकहरु सूसुचित हुननसक्दा विद्यमान समस्या निम्तिएको भनाई उहाँहरुको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले लोकतन्त्रको संस्थागतमा सञ्चार माध्यमको महत्वपूर्ण योगदान हुने भन्दै त्यस्कालागि सञ्चारमाध्यम सदैव भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ‘नयाँ संविधान लोकतन्त्रको खम्बा हो, यसमा सबै जातजाति भाषाभाषी र समुदायको अधिकार उल्लेख भएकाले त्यसको कार्यान्वयनमा सञ्चारमाध्यमले भूमिका खेल्नुपर्छ’ विष्टले भन्नुभयो ।
सूचना आयोगका आयुक्त यशोदा तिमल्सिनाले नयाँ संविधानको अन्तरवस्तु नागरिकसामु पु¥याउने काम सञ्चारमाध्यमको भएकाले यसतर्फ सञ्चारगृहले उपयुक्त नीति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालयको सभापतित्वमा भएको कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका संयोजक गोबिन्द आचार्य र प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले नयाँ संविधानमा भएका विषयलाई जनतासामू पु¥याउने नैतिक जिम्मेवारी सञ्चारमाध्यमको भएका तर्क गर्नुभयो । वर्तमान मुलुकको समस्या समाधानमा प्रेसजगतको भूमिका अपरिहार्य हुने तर्क उहाँहरुको थियो ।

सो अवसरमा बोनम्यारो रोगबाट पीडित नुवाकोट काउले ८ निवासी १२ वर्षिय बालक बिशाल तामाङ्गलाई नुवाकोट सेवा समाज (दक्षिण कोरिया) शाखाले संकलन गरेको ८४ हजार रुपियाँ हस्तान्त्रण गरिएको थियो । महासंघका अध्यक्ष डा. विष्टले सो रकम बालक विशाललाई नगद प्रदान गर्नुभयो ।

स्थानीय पञ्जेलिङ माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थी विशालको उपचारमा लाखौं खर्च भइसकेपनि स्वास्थ्यअवस्थामा सुधार आएको छैन । घरको आर्थिक अवस्था दैनिय रहेकाले उपचार खर्च सहयोगका लागि आफन्तहरुले सरकारसँग आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया