प्रदेश ७ को नामाङ्कन पहिचानको आधारमा गर्न आदिबासी महासंघको माग


काठमाडौं, असोज १३ गते । नेपाल आदिबासी जनजाति महासंघले प्रदेश ७ को नाम सुदूरपश्चिम राखेकोमा आपत्ति जनाएको छ । सो क्षेत्रमा थरुहट र खसानको पहिचान जोडिएकाले प्रदेशको नामपनि पहिचान झल्किने हुनुपर्ने बताएको छ ।

महासंघका अध्यक्ष जगत बरामले विज्ञप्ती जारी गर्दै सो आपत्ति जनाउँदै ३७ प्रतिशत रहेका आदिबासी जनजातिको पहिचान र अस्तित्वलाई ख्याल गर्न उहाँले आग्रह गर्नुभएको छ । महासंघले यस्तो धारणा राखिरहँदा थारुको छाता संगठन थारु कल्याणकारिणीसभा र कैलालीका थारुले भने सो विषयमा मुख खोलेका छैनन् ।

महासंघले यस्तो धारणा राखिरहँदा थारुको छाता संगठन थारु कल्याणकारिणीसभा र कैलालीका थारुले भने सो विषयमा मुख खोलेका छैनन् ।

यसअघि कैलालीका थारुले स्थायी राजधानी डोटीको दिपायलमा हुनुपर्ने भनेका थिए । तर प्रदेशको नाममा मौन बसेका थिए । “यस प्रदेश ७ को नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थरुहट र खसान थातथलोलाई सम्बोधन हुनेगरी पुनः नामाङ्कन गर्न महासंघले मा गर्दछ” विज्ञप्तीमा उल्लेख छ ।

पहिचानसहितको संघीयताको मुलभूत सिद्धान्तलाई भुलेर प्रदेश सरकार अघि बढे ऐतिहासिक भुल हुने तर्क महासंघले गरेको छ । पहिचानका पाँच (जातीय÷समुदायगत, भाषिक, साँस्कृतिक, भौगोलिक÷क्षेत्रगत निरन्तरता र ऐतिहासिक निरन्तरता) र सामाथ्र्यका चार (आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक स्रोत र साधनको उपलब्धता र प्रशासनिक सुगमता) आधारमा प्रदेश नामाङ्कन गर्न महासंघले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया