ट्रकको ठक्करले मोटरसाईकल सवार साउना चौधरीको निधन


चितवन, असोज १८ गते । चितवनमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका १ बहेरा गाउँका मोटरसाइकलमा सवार साउना चौधरीको मृत्यु भएको छ। उहाँको श्रीमती जेनी चौधरी गम्भीर घाइते हुनुभएको छ ।

बिहीबार दिउँसो मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा अन्दाजी ३८ वर्षका  चौधरीको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार चौधरीको शरीर क्षतिविक्षत बनेको छ । घटनापछि आक्रोशित सर्वसाधारणले ट्रकमा आगजनी गरेका छन्।

पूर्वी चितवनको पर्सा बजारमा मोटरसाइकललाई ठक्कर दिने ना ५ ख ९८६१ नम्बरको ट्रकमा स्थानीयले आगजनी गरेका थिए । स्थानीयले आगजनी गर्दा दुर्घटनापछि ट्रकको अगाडि रहेको मोटरसाइकल समेत जलेको छ।

स्थानीयले आगो लगाएपछि मोटरसाइकलको नम्बर खुल्न सकेको छैन। घाइते जेनीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। ट्रकमा लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया