संकल्प नेपालमा नयाँ कार्य समिति चयन, अध्यक्षमा गौतम सर्वसम्मत


काठमाडौं, असोज २० गते । ज्येष्ठ नागरिक, बालबालिका तथा महिलाको क्षेत्रमा विगत बाह्रवर्ष देखि कार्यरत सामाजिक संस्था संकल्प नेपालले आफ्नो नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

संकल्प नेपालको शनिबार भएको ११ औं साधारणसभा तथा छैठौं अधिवेशनले लीला गौतमको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । संस्थाको उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः गंगा पराजुली, भगवती सुवेदी र कल्पना घिमिरे चयन हुनुभयो ।

त्यस्तै, सदस्यहरुमा गीता चौधरी, सोमराज गौतम र शिशिर गैरे सर्वसम्मत चयन हुनुभयो । २०६३ सालमा स्थापना भएका सो संस्थाको अध्यक्षमा यसअघि कमला पराजुली हुनुहुन्थ्यो ।

ज्येष्ठ नागरिकको अधिकारका लागि निरन्तर अभियान जारी राखेको संकल्पले वार्षिक प्रतिवेदन तथा आगामी आवको कार्ययोजना समेत पारित गरेको छ । संस्थामा ४६ लाख २९ हजार ९९१ रुपियाँ मौजुदा कोष रहेको कोषाध्यक्ष घिमिरेले बताउनुभयो ।

ज्येष्ठ नागरिक, बालबालिका तथा महिलाको अधिकारका लागि समाज कल्याण तथा ज्येष्ठ नागरिक मन्त्रालय र अन्य संघ संस्थाहरुसँगको समन्वयमा संकल्प नेपालले अभियान चलाउँदै आएको निवर्तमान अध्यक्ष पराजुलीले बताउनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष पराजुली, उपाध्यक्ष देवनारायण घटानी, काठमाडौं समन्वय समितिकी उपप्रमुख सरिता दाहाल लगायतले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
लक्की चौधरी

तपाईको प्रतिक्रिया