प्राविधिक सशस्त्र प्रहरी जवान रत्नदीप चौधरी गायन क्षेत्रमा चम्किँदै


काठमाडौं, असोज २३ गते । सशस्त्र प्रहरी जवानको प्राविधिक क्षेत्रमा कार्यरत सुनसरीका गायक रत्नदीप चौधरी गायन क्षेत्रमा चम्केका छन् । २०५५ सालमै पहिलो थारु गीत गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनबढी चर्चित गीत गाइसकेका छन् ।

मधेली ४, सुनसरी निवासी गायक चौधरी २०७३ देखि सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए । तर उनले सोभन्दा अघि नै गायन क्षेत्रलाई आफ्नो रुचीको विषय बनाइसकेका थिए । नेपाल ललितकला क्याम्पसमा स्नातकोत्तर अध्ययन गरिरहेका चौधरीले आफ्नो गायन रुची सानैदेखिएको रहेको बताए ।

ए हौ साली झुम्कावाली.., हमर से प्रित जोड…, एलै पियाके सुर…, तनी सुनबु गोरिया हमार बतिया…, डोलीमा बसी… लगायतका थारु तथा खस भाषाका गीतमा गायक चौधरीले आफ्नो स्वर दिइसकेका छन् । काठमाडौंको सामाखुशीस्थित एक निजी विद्यालयमा म्युजिक टिचरकोरुपमा समेत कार्यरत चौधरीले गायन क्षेत्रलाई अझ उचाइमा लग्ने योजना सुनाए ।

गायक चौधरीको स्वरका गीतहरु अहिले रेडियो नेपाल सहित देशभरका विभिन्न एफ.एम. बाट पनि प्रशारण भइरहेका छन् । चौधरीले विभिन्न समयमा हुने सांस्कृतिक कार्यक्रममा समेत स्टेज गायनको भूमिकामा स्वर दिइरहेका छन् ।

सशस्त्र प्रहरी भित्र पनि गायनमै अभ्यासरत चौधरीले भविष्यमा चर्चित गायक बनेर पहिचान बनाउने सपना बोकेको बताए । खस भाषामा समेत गीत गाउने चौधरीले आफ्नै थारु भाषाका गीत गायनमा बढी रुची रहेको बताउँछन् । उनको निकट भविष्यमै गीतको नयाँ एल्बम रिलिज हुने तयारीमा छ ।

तपाईको प्रतिक्रिया