गायक रत्न चौधरीको हाम्रो पर्व हाम्रो सम्पदा बोलको दशैं गीत सार्वजनिक


काठमाडौं, असोज २६ गते । गायक रत्नदीप चौधरीले दशैंको अवसरमा ‘हाम्रो पर्व हाम्रो सम्पदा’ बोलको नयाँ गीत सार्वजनिक गर्नुभएको छ । उहाँले भर्खरै सो गीत सार्वजनिक गर्नुभएको बताउनुभयो ।

गायक चौधरीले राष्ट्रिय भाषाका दर्जनबढी गीतहरु यसअघि गाइसक्नुभएको छ । चौधरीकाअनुसार अहिलेसम्म गीतका पाँचवटा एल्बम र करिब चार दर्जनबढी गीतमा स्वर दिइसक्नुभएको छ ।

थारु भाषाको गीतमा बढी स्वर दिनुभएका गायक चौधरीको अहिलेसम्म ए हौ साली झुम्कावाली (२०५६), काठमाडौं जैवै गोरी (२०५६), लक्का जवान ठिटो (२०६०) एल्बम निकाल्नुभएको छ ।
त्यस्तै, हमार दिल हमार धडकन् (२०६४), सैंया भ्याल जमैया (२०६६) चलचित्रमा समेत चौधरीले स्वर

दिइसक्नुभएको छ । नेपाल ललितकला क्याम्पसमा स्नतकोत्तर तहमा अध्ययनरत गायक चौधरीले गायनबाटै आफ्नो पहिचानका लागि लागिपरेको बताउनुभयो । नेपाल सशस्त्र प्रहरीमा जागिरे चौधरी सुनसरी जिल्लाका निवासी हुनुहुन्छ ।

गायक चौधरीका ए हौ साली झुम्कावाली, हमरसे प्रित जोड, एलै पियाके सुर, तनी सुनबु गोरिया हमार बतिया, डोलीमा बसी बोलका गीतहरु चर्चित छन् । गायक चौधरीका स्वरका गीतहरु रेडियो नेपालसहित जिल्लाका स्थानीय एफ.एम.बाट समेत प्रशारण भइरहेका छन् ।

तपाईको प्रतिक्रिया