पूर्व सहायक मन्त्री सन्तकुमार चौधरीको निधन, देवघाटमा अन्तिम दाहसंस्कार


कारी महतो
खैरहनी, (चितवन), कात्तिक ५ गते । पूर्व स्वास्थ्य तथा भूमिसुधार सहायक मन्त्री सन्तकुमार चौधरीको ८० वर्षको उमेरमा सोमबार निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

चौधरी वि.सं. २०३६ सालमा स्वास्थ्य सहायक मन्त्री र २०४३ सालमा भुमिसुधार सहायक मन्त्री हुनुभएको थियो । थारु कल्याणकारिणी सभा चितवनको संस्थापक सदस्य रहेका चौधरी २०२३ देखि २०२७ सालसम्म सभाको जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

विगत दश वर्षदेखि हालसम्म उहाँ राष्ट्रिय जनता पार्टीको चितवन जिल्ला अध्यक्षका रुपमा समेत कार्यरत हुनुहुन्थ्यो । स्वर्गीय चौधरीको देवघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ । दाहसंस्कार अगाडि थारु कल्याणकारिणी सभा र राजपाको झन्डा ओढाइएको  थियो ।

यसैबीच प्रदेश साँसद रीना गुरुङ र खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य राजेन्द्र चौधरी, पूर्व केन्द्रिय सदस्य लक्ष्मण चौधरी लगायतले देवघाटमा पुगेर चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया