जन्मदिनको अवसरमा महेश चौधरीद्वारा असहाय बालबालिकालाई सहयोग


तुलसीपुर, कात्तिक ६ गते । आफ्नो २३ औं जन्मदिनको अवसरमा दाङका थारु युवा अभियन्ता महेश चौधरीले असहाय बालबालिकालहरुको शैक्षिक सुधारका लागि नगद पाँचहजार पाँच रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।

चौधरीले मंगलबार तुलसीपुरको विजौरीमा रहेको श्री असहाय बाल विकास नेपाल दाङको केन्द्रिय कार्यालयमा असहाय बालबालिकालाई भेटेर सो नगद सहयोग र फलफूल वितरण गर्नुभयो ।

जन्म दिनमा पार्टी दिएर पैसा खर्च गर्नुभन्दा बालबालिकाहरुको शैक्षिक अवस्थामा सुधार ल्याउन आफूले सहयोग गरेको चौधरीले बताउनुभयो । सहयोगका क्रममा बालबालिकाले चौधरीलाई जन्मदिनको शुभकामना तथा दीर्घ जीवनको कामना गरेका थिए ।

बाल विकास नेपालमा अहिले १४ जना बालबालिका रहेका छन् । चौधरी पछिल्लो समय समाजसेवामा सक्रिय रहनुभएको छ । थारु कल्याणकारिणी सभा, क्षेत्र नं. ३ दाङका क्षेत्रिय सभापति रहनुभएका चौधरीले असहाय बालबालिकालाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया