थारु महिला उत्थान समाजको दोस्रो साधारण सभाः तीन पत्रकार सम्मानित


सुनिल चौधरी
झुम्का, कात्तिक ११ गते । थारु महिला उत्थान समाज रामधुनी सुनसरीले अफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । रामधुनी नगरप्रमुख जयप्रकास चौधरीले कार्यक्रमको उदघाटन गर्नुभयो ।

संस्थाले महिला हिंसा बरुद्धको जनचेतना, महिला अधिकार संरक्षण, पीडित महिलालाई न्याय दिलाउने कार्य, महिला नेतृत्व बिकास, थारु कला संस्कृति संरक्षणका लागि माघि, जितिया लगायतका कार्यक्रम सहितको गतिविधि समेटिएको प्रगती प्रतिवेदन संस्थाकी अध्यक्ष सिता चौधरी थरुनिले प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै केही संघ संस्थाको आर्थिक सहयोगबाट गरिएको कार्यक्रम र त्यसबाट गरिएको आम्दानि र खर्चको बारेमा कोषाध्यक्ष आशा चौधरीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उत्थान समाजले आफनो दोस्रो साधारण सभाबाट पत्रकार, वडाअध्यक्ष तथा संस्थाले गरेका बिभिन्न कार्यक्रममा सहयोग पुर्याउने ब्यवसायीहरुलाई सम्मान गरेको छ ।

पत्रकारिता पेशामा क्रियाशील सुनसरीका तीन थारु पत्रकारलाई सो अवसरमा सम्मान गरिएको छ । राष्ट्रिय समृद्धि र थारु अधिकारको सवालमा कलम चलाउदै आएका आदिवासी जनजाति पत्रकार महाँ संघ सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरी, थारु पत्रकार संघ, नेपालका केन्द्रिय सदस्य कुलदिप चौधरी र नेपाल पत्रकार महाँसंघ जिल्ला सदस्य सुनिल चौधरीलाई सो अवसरमा सम्मानित गरिएको थियो ।

त्यसैगरी रामधुनि वडा नं. १ कार्यालयले उत्थान समाजललाई कार्यालय सञ्चालनार्थ फर्निचरका सामान सहयोग र नेतृत्व बिकास लगायतका कार्यक्रममा सहयोग उपलब्ध गराएको हुदा त्यसको मुल्याङ्कन गर्दै वडाअध्यक्ष महेश चौधरीलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा उत्थान समाजले छोटो समयमा रचनात्मक कार्यक्रमका साथै थारु पहिचान झल्काउने, संस्कृति उजागर गर्ने लगायत सबै जातजातिलाई समेटेर नेपाली साँस्कृतिक परम्परा उत्थानमा लागेको भन्दै अतिथिहरुले संस्थाको प्रसंशा गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख जयप्रकाश चौधरी, उपप्रमुख सबिना चौधरी, १ नं. वडा अध्यक्ष महेश चौधरी, सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराई, पत्रकार धिरेन्द्र चौधरी, कुलदिप चौधरी, सल्लाहकार रामकुमारी चौधरी र केशिलाल चौधरीले शुमकामना मन्तब्य दिनुभएको थियो । । कार्यक्रममा आमन्त्रित पाहुनालाई उपाध्यक्ष बिमला चौधरीले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया