प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधारः अस्पताल


काठमाडौं, कात्तिक १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि सोमबार विहान अस्पताल भर्ना गरिएको छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएको अस्पतालले जनाएको छ ।

छातीमा समस्या देखिएपछि सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको उहाँको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको ज्वरो नियन्त्रणमा आएको छ भने सास फेर्न पनि सहज भएको छ ।

प्रधानमन्त्री ओलीको रगतमा चिनीको मात्रा अहिले नियन्त्रण छ भने सास फेर्न पनि सहज हुँदै गएको छ । तथापी, छातीमा हल्का घ्यारघ्यार यथावत रहेको स्वास्थ्य परीक्षणमा संलग्न एक चिकित्सकले बताउनुभयो ।

चिसो बढेसँगै छातीमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएको चिकित्सकको भनाई छ । स्वास्थ्यमा सुधार भएपनि उहाँलाई दुईदिनसम्म अस्प्तालमै राख्नुपर्ने सुझाव चिकित्सकको छ । प्रधानमन्त्री ओलीलाई सीसीयूमा राखेर उपचार गरिएको छि ।

तपाईको प्रतिक्रिया