नेपालगञ्जभन्दा पारीको रुपैडिहा बजार चम्केपछि व्यापारी चिन्तित


भगतराम थारु
नेपालगन्ज, कात्तिक १६ गते । नेपालगञ्ज बजारभन्दा सिमा पारी भारतको रुपैडिहा बजार चम्केपछि स्थानीय व्यापारी चिन्ता व्यक्त गरेका छन् । नेपालगञ्जका बासिन्दाको किनमेलकालागि सीमापारीको बजारमामा भीड हुनेगरेको छ ।

तयारी कपडा व्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघले आयोजना गरेको शुभकामना आदन प्रदान चियापान तथा अन्तरक्रिया कार्यक्रममा व्यापारीहरुले उसो चिन्ता व्यक्त गरेका हुन् । रुपैडिहा बजारमा सस्तो सामान पाउनु भ्रममात्र रहेको व्यापारीहरुको भनाई छ ।

नेपालकै उत्पादनलाई भारतमा किनमेल गर्दा समेत नेपालीलाई उतैको सामानप्रतिको रुची हटाउन आवश्यक रहेको उनिहरुको भनाई छ । कार्यक्रममा बोल्दै व्यवसायी उषा भण्डारीले भारतको रुपैडिहामा नेपालकै उत्पादनको बस्तु खरिद गर्दा पनि नेपालीले थाहा नपाउने बताउनुभयो ।

नेपालगन्जको व्यवसायीप्रति रुचि बढाउन सिमानाका दशगजामा सिटि मार्केट राख्ने योजना रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो । स्थानीय किनमेल गर्न सिमापारी जानु हामी सवैले गम्भीर भएर लाग्न जरुरी रहेको बताउनुभयो । नेपालगन्जमै सस्तो र गुणस्तरिय सामान पाउने व्यवसायीहरुलाई चेतना जगाउन आवश्

रुपैडिहामा गुणस्तरहिन र नेपालभन्दा महगो सामान पाइने भएपनि नेपालीहरुको मन उतै जानु नेपालको व्यसायीहरुले चेतनाको स्तर बढाउन नसक्नु मुख्य कारण रहेको अध्यक्ष बैश्यले बताउनुभयो ।

उपोक्तालाई गुणस्तरिय सामान तथा सेवाको सहज सुनिश्चितता बस्तुगत व्यवसायी संघ संगठन र व्यवसायीहरुवीच आपसी एकता भन्ने मुल नाराका साथ सूरु भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, व्यवसायी, उद्योगी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

नजिकिदै आएको शुभदीपावली पर्वको किनमेलका लागि स्थानीयहरुको रोजाई भारतको रुपैडिहा बन्ने गरेको छ । भारतको रुपैडिहा बजार नेपालीले धान्दै आएका छन् । रुपैडिहामा खुट्टा टेक्ने ठाउँ छैन एक नेपाली ग्रहाकले भन्नुभयो । कपडा र तिहारको लागि झिलमिले किन्न रुपैडिहा पुगेका राँझाका खिमा बुढाले भन्नुभयो ।

नेपालगन्ज वजार भारतको रुपैडिहा भन्दा गुणस्तर र सस्तो सामान पाइने ग्रहाकमा कहिले चेतना आउने नेपालगन्ज जमुनाहाका एक व्यसायीले भन्नुभयो । रुपैडिहा लस्करै लागेर जान्छन सस्तो नेपालमै पाइन्छ तर चेतना छैन उहाँले भन्नुभयो ।

नेपालकै उत्पादन नेपालकै बस्तु किन्न भारत जानुपर्ने कस्तो विडम्बना नेपालगन्जका एक व्ययवासीले भन्नुभयो । विहान नेपालगन्ज नाका हुदै नेपाली उत्पादनका बस्तु भारतमा जान्छ दिउसो उतैबाट त्यही सामान नेपालीले किन्न पुग्ने गरेको उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया