दीपावलीमा पूर्वीया थारु समुदाय रमाए परम्परागत हुक्के हुक्का खेलमा


सहदेव चौधरी

काठमाडौं, कात्तिक २१ गते । अन्धन लक्ष्‍मी घर ढुक दलिदर भूत बहार हो अर्थातधनकी देवी लक्ष्‍मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ

लक्ष्मीपूजाको साँझमा पूर्वीया थारु समुदायले लक्ष्‍मी भित्र्याउन हातमा सन्ठी (जुट सिन्का) बाट बनाइएको हुक्‍के हुक्‍का खेलेका छन्। पूर्वी जिल्लाका थारु समुदायले लक्ष्‍मीलाई भित्र्याउन हुक्‍के हुक्‍का खेल्ने गर्छन् ।

लक्ष्मीपूजाको दिन साँझ थारु समुदायले आफ्‍नो घरमा सनपाटबाट दिउँसो हुक्‍के हुक्‍का तयार गर्छन् । थारु समुदायले घरमा सनपाट नभए अरुकोबाट मागेर भए पनि हुक्‍के हुक्‍का बनाएर खेल्‍ने गरेको थारु संस्कृति विद् भुलाई चौधरीले बताउनुभयो ।

उहाँकाअनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लाका थारु समुदायलेमा हुक्के हुक्का खेल्‍दै आएका छन्। ‘हुक्‍के हुक्‍का
तराईमा बस्‍ने आदिवासीले त्‍यतिबेला घनघोर जंगलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मूक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल खेल्‍न शुरुवात गरेका थिए । अद्यापि जारी छ ।

यस्तै सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पूजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको थारु पण्डित बासुदेव चौधरीले बताउनुभयो। ‘सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडि सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुँदै गएको उहाँको भनाई छ।

परम्परा अनुसार हुक्‍के घरको दलिनमा राखेको दियोमा हुके हुक्का सल्काउने गरिन्छ। यसरी सल्किसकेको हुके हुक्कालाई तीन फेरासम्म देउता घरको चारै तिर घुमि दोवाटो वा खाली चौरमा लगि खेल्ने चलन छ। खेल्दा यस्तो नारा लगाइने गरिन्छ ।

हुक्‍के हुक्‍का बेहानके नोन बगिया, हुक्‍के हुक्‍के बेहानके तेल बगिया

हुक्‍के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्‍ने गरिन्छ। यसले राम्रो फल दिन्छ भन्‍ने मान्‍यता रहिआएको छ। नयाँ अन्नबाली राम्ररी सप्रियोस भनी हुके हुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटक सम्म नाघेर आ–आफ्नो घर जाने चलन रहेको छ।

देश सञ्चारबाट

तपाईको प्रतिक्रिया