शिक्षक तथा सामाजिक अभियन्ता चौधरीको मोसा दुर्घटनामा मृत्यु


सुनिल चौधरी
झुम्का, मंसिर ६ गते । सामाजिक अभियन्ता बिजय चौधरीको निधन भएको छ । बराहक्षेत्र नगरपालिका वडा नं. ५ कलाबन्जरका निवासि चौधरीको बुधवार बिहान दुर्घटनामापरी निधन भएको हो ।

घरबाट बिहानै ६ः३० बजे स्कुलमा कोचिङ्ग पढाउन जानेक्रममा नहरको बाटोमा जमुवा चौक नजिकै मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको ईलाका प्रहरी कार्यलयले सुनसरीले जनाएको छ । दुर्घटना पछि उहाँलाई ईलाका प्रहरीकै भ्यानमा ईनरुवा अस्पताल लगिएको थियो ।

आस्पताल पुर्याउदा डक्टरले मृतघोषणा गरेको प्रहरी निरिक्षक अम्बरबहादुर निरौले बताउनुभयो । कलाबन्जरका निवासि चौधरीको दुई छोरा जेठो ११ बर्ष कान्छो ५ बर्षका छन् ।

चौधरी सामाजिक अभियान्ताका साथै बहुप्रतिभासाली व्यक्ति हुनुहुन्थ्यो । सबैसंग मिलनसारको भावना राखेर सामाजिक कार्य गर्ने ब्यवहारको हुनुहुन्थ्यो । थारु कल्याणकारीणी सभा भरौल गाउँ कार्यसमिति देखि नै कृयासिल रहदै बराहक्षेत्र नगर समितिका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

थारु अधिकारकालागि थरुहट आदोलनमा समेत भरौलबाट उहाँले नेतृत्व गर्दै आउनुभएको थियो । संस्कृति जगेर्नाका लागि कलाबञ्जर स्थित बिभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना समेत गर्दै आउनुभएको थियो ।

थारु भाषा संरक्षण, सम्बर्धनमा थारु संस्कार उठान गर्दै थारु भाषाको गिति एल्बम समेत निर्माण गर्दै गायन क्षेत्रमा समेत उहाँको सक्रियता थियो । गिति एल्बम ‘हाईस देलहक हौ’ उहाँले निर्माण गर्नुभएको छ । सो एल्बममा थारु उखान ‘अटकन मटकन दया चटकन केराकुट, आगबागर पुर्णिके पता’ लगायतका उखान टुक्का जोडदै अभिनय समेत आफैले गर्नुभएको थियो ।

चौधरी जनता माबि सिंगीयामा शिक्षकमा कार्यरत हुनुहुन्थ्यो । २०५५ साल देखि नै शिक्षण पेशामा कार्यरत रहदै शैक्षिक योगदान गर्दै आउनुभएको थियो । शैक्षिक क्षेत्र संगसंगै समुदायका लागि रचनात्मक रुपमा अगाडी बढि रहदा ४३ बर्षको उमेरमा उहाँको निधन भएको छ ।

चौधरीको थारु संस्कार अनुसार बुधवार नै अन्तिम संस्कार गरिएको परिवारका सदस्यले बताएका छन् ।

तपाईको प्रतिक्रिया