गच्छदारले भने, ‘म बोल्न थालेपछि कांग्रेसी नेताहरु आतंकित हुन्छन्’


काठमाडौं, मंसिर २९ गते । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफू बोल्न थालेपछि नेपाली कांग्रेसका सबै नेताहरु आतंकित हुने गरेको बताउनुभएको छ ।

काठमाडौंमा जारी कांग्रेसको महासमिति बैठकमा शनिबार बोल्दै नेता गच्छदारले आफू रहरले मात्र नभई कांग्रेसलाई बलियो बनाउन पार्टीमा फर्किएको चर्चा गर्नुभयो । आफूले बोल्न थाल्दा कुनै नेतालाई तर्सिन आवश्यक नरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “‘म ट्वाइलेट गएर आउँदै थिएँ, रामचन्द्र दाईले मलाई बोलाएर कानमा खुसुक्क भन्नुभयो, विजय ! धेरै नबोल्नु ।” मैले बैठकमा बोल्न थालेपछि आतंक हुन्छ गच्छदारले दावी गर्नुभयो । कांग्रेसमा त हुने नै भइहाल्यो म बाहिर छँदा पनि त्यस्तै थियो, उहाँले भन्नुभयो ।

गच्छदारले आफू १ घण्टामात्र नभई लगातार ३ घण्टा बोल्न सक्ने बताउँनुभयो । आफूलमा कम्युनिष्ट नेताहरुको धज्जी उडाउन सक्ने क्षमता रहेको गच्छदारले दावी गर्नुभयो ।

“म कांग्रेसमा त्यतिकै फर्केको होइन, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, सुशील कोइरालाको आग्रहमा पार्टीमा फर्केको हुँ” गच्छदारले भन्नुभयो, “केपी शर्मा ओली, प्रचण्डले कांग्रेसमा नजान मलाई भनेका थिए, दुई कम्युनिष्ट मिल्दा कांग्रेस कमजोर हुन्छ भन्ने थाहा पाएर पनि म कांग्रेसमा फर्किएँ ।”

तपाईको प्रतिक्रिया