काठमाडौं, पुस २ गते । टीकापुर घट्नाबारेको मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ । सोमबारका लागि पेशी चढेको मुद्दापक्षको कानून व्यावसायीले स्थगित गरेका हुन् ।
कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र सaपना प्रधान मल्लको संयुक्त इजलासमा परेको थियो ।
गत साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो ।
थारु समुदायको अधिकार प्राप्तीबारेको थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको घटनामा एक नाबालकसहित सात प्रहरीको ज्यान गएको थियो । भाद्र ८ गते स्थानीय गैरथारु समुदायले थारुको घर, पसल छानी छानी आगजनी गरेका थिए । सो मुद्दामा सांसद रेशमलाल चौधरीसहित २६ लाई विपक्षी बनाइएको छ ।
मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दा अभियुक्तहरू सांसद चौधरी डिल्लीबजारस्थित सदरखोर, लक्ष्मण थारु सहित २३ जना जिल्ला कारागार कैलाली र दुई नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् ।