संघीय संसदको हिउँदे अधिवेशन भयो आव्हान, पुस ११ गते बस्ने


काठमाडौं, पुस ३ गते । लामो समयदेखि स्थगित रहेको संघीय संसदको बैठक बस्ने भएको छ । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गतेका लागि बोलाइएको छ ।

मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सोही अनुसार मंगलबार राष्ट्रपति भण्डारीले पुस ११ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस ११ गते संघीय संसदको दुबै सदनको अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानको पत्र आएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया