पर्यटन वर्ष २०२० लाई प्रवर्धन गर्नेगरी मिस एण्ड मिष्टर कर्णाली प्रतियोगिता हुँदै


काठमाडौं, पुस ५ गते । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने लक्ष्यसाथ मिस एण्ड मिस्टर टुरिजम कर्णाली २०१९ प्रतियोगिता हुने तयारी भएको छ ।

नेपाल पर्यटन बोर्ड र केयर कर्णाली संस्थाको संयुक्त आयोजनामा हुन लागेको सो प्रतियोगिताले कर्णाली क्षेत्रको भाषा, संस्कृति, भेषभुषाको प्रवद्र्धनसँगै कर्णालीको पर्यटकीय क्षेत्रलाई उजागर गर्र्ने कर्णाली केयरकी अध्यक्ष सरिता हमालले बताउनुभयो ।

कर्णाली प्रदेश आफैमा पर्यटकीय हिसावले अथाह स्रोत साधन रहेको प्रदेश भएकाले सो प्रदेशबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सन्देश दिने उद्देश्यसाथ प्रतियोगितको आयोजना गर्ने तयारी गरिएको हमालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि पुस १ गतेबाट फारम खुला गरिएको छ ।

कर्णाली प्रदेशका १८ वर्षदेखि २० वर्ष उमेरसम्मका युवा युवतिले प्रतियोगितामा भाग लिन पाउने केयर कर्णालीकी हमालले जानकारी दिनुभयो । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रतियोगिता कर्णालीको रारा ताल परिसरमा आयोजना गरिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया