राष्ट्रपति भडारीसँग कोरियन राजदूतको भेट


DSC_8481

काठमाडौं, मंसिर १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि प्रजातान्त्रिक गणतन्त्र कोरियाका राजदूत किम योङ हाकले मंगलबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपतिको सरकारी कार्यालय शितल निवासमा भएको भेटवार्तामा दुई देशबीच रहीआएको आपसी सम्बन्ध, परस्पर सहयोग र दुई पक्षीय हितलाई सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुजराज आचार्यका अनुसार राजदूत हाक विहान शितलवासमा शिष्टाचार भेटका लागि आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया