निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका विशाल चौधरी शनिबार रिहा


काठमाडौं, पुस ७ गते । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका विशाल चौधरी रिहा भएका छन् ।

कञ्चनपुर प्रहरीले शनिबार चौधरीलाई उनका बुवाको जिम्मा लगाएको हो । आवश्यक परेको खण्डमा उपस्थित हुने कागज गराएर चौधरीलाई परिवारको जिम्मा लगाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीले जानकारी दिनुभयो ।

अनुसन्धानका लागि भन्दै पक्राउ गरिएका प्रदीप रावल भने अझै प्रहरी हिरासतमा छन् । सरकारले पन्त हत्यामा संलग्नहरुको छानविन गरिरहेको भएपनि अहिलेसम्म अपराधीको नजिक पुग्न सकेको छैन ।

सरकारले अपराधी पत्ता लगाउन नसक्दा चौतर्फी आलोचना भइरहेको छ । तर सरकारका मन्त्रीहरुले घटनाको दोसी नजिक सरकार पुगिसकेको बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया