नेपालगन्जका थारु समुदायले माघी मिलन कार्यक्रम २०७५ गर्ने तयारीमा


भगतराम थारु
नेपालगञ्ज, पुस ७ गते । थारु समुदायको महान पर्व (नयाँ वर्ष) माघी पर्वको अवसरमा नेपालगन्जमा बसोबास गर्ने थारु समुदायले माघी मिलन कार्यक्रम २०७५ गर्ने तयारीमा जुटेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाको शनिवार विशेष बैठकमा थारु समुदायको महान पर्व माघीको अवसरमा माघी मिलन कार्यक्रम गरिने निर्णय गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समिरमान श्रेष्ठले जानकारी गराउनुभयो ।

थारु पत्रकार संघ नेपाल र आदिवासी जनजाति पत्रकार महासंघको संयुक्त आयोजनामा माघी मिलन कार्यक्रम गरिने र कार्यक्रममा थारु सँगसँगै गुरुङ, तामाङ, मगर नेवारी लगायत विभिन्न समुदायको सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

बैठकले नेवारी समुदायको ७ गते योमरी पुन्ही र किरात समुदायको साकेला उधौली पर्वको पावन अवसरमा शुभकामना प्रदान गरिएको थियो । यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष विमला चौधरीलाई केन्द्रले राष्ट्रिय पुरस्कार प्रदान गरि सम्मान गरेको अवसरमा उपाध्यक्ष चौधरीलाई हार्दिक बधाई ज्ञापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया