काठमाडौं, पुस १६ गते । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष तथा पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’ को एक कार्यक्रमबीच विमोचन भएको छ । पुस्तकको विमोचन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।
तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले सो पुस्तकको विमोचन गर्नुभएको हो ।
पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । समाजमा लेखेर योगदान दिने काममा पत्रकारहरु अझ अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।
बेलायतमा तमूहरुले सामाजिक संस्थाको रुपमा स्थापना गर्नका लागि गरेको संघर्षलाई समेटेर पुस्तक लेखिएको हो । पुस्तकमा तमुधिँ युकेको आठ नेतृत्वको अनुभवलाई समेटिएको छ ।
पुस्तकमा तमुधिँ युके स्थापनाको १८ वर्षको संघर्ष र सफलता समेटिएको लेखक गुरुङले बताउनुभयो । प्रवासको भूमिमा रहेर पनि समाज सेवामा पु¥याएको योगदान र मानवीय सहयोगका लागि तमुधिँले खेलेको भूमिकालाई पुस्तकको मुख्य विषयवस्तु बनाइएको छ ।
त्यसैगरी, सो पुस्तक ल्होछारको अवसरमा बेलायतमा पनि विमोचित भएको छ । गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले बेलायतको रेडिङमा तमुधिँ युकेले आयोजना गरेको ल्होछार समारोहमा विमोचन गर्नुभयो । पुस्तक २३२ पृष्ठको छ ।