वैदेशिक रोजगारबाट फर्केकाको सीप र पूँजी स्वदेशमै लगानी गर्न सुझाव


खेमराज खनाल
बुटवल, पुस २२ गते । वैदेशिक रोजगारबाट फर्केकाहरुको राष्ट्रिय संजाल रिटर्नी माइग्रेन्ट नेपालको संगठन बिस्तारले तिब्रता लिएको छ । कार्यक्रममा विदेशमा रहँदा सिकेको सीप र पूँजीलाई स्वदेशमा सदुपयोग गर्न सुझाव दिइएको छ ।

राष्ट्रब्यापी संजाल निर्माण अभियानमा सक्रियताका साथ लागेको उक्त संस्थाको प्रदेश ५ को प्रथम सम्मेलन शनिबार बुटवलमा सम्पन्न भएको छ । प्रदेश ५ का सबै जिल्लाबाट सहभागिता जनाएका रिटर्नीहरुले उक्त कार्यक्रम मार्फत सामुहिक लगानीको अबधारणालार्इ ब्यबहारिक रूपमा प्रयोगमा ल्याउने प्रतिबद्धता गरेका छन् ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुङेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष उत्तम अधिकारीले वैदेशिक रोजगारबाट फर्केका समग्र अबस्था, संस्थाको उद्देश्य, अभियानका उपलब्धि, गतिविधि, आगामी कदम, सरकारसंगको अपेक्षाका बारेमा प्रस्ट्याएका थिए ।

रिटर्नीहरुको समस्या र सम्भावना लाइ राज्यको निति कार्यक्रम र योजनामा समेट्न सकेको खण्डमा मात्रै बिदेशबाट आर्जित सीप, अनुभव र पूंजीको उपयोग हुने र राज्यको समृद्धिको यात्रामा सहयोग पुग्ने अधिकारीले बताए । प्रदेश सरकार तथा स्थानीय तहका सरकारले आफ्ना क्षेत्रमा बसोबासरत रिटर्नीहरु लक्षित कार्यक्रम ल्याउन ढिला नगर्न सुझाव दिए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुङेलले वैदेशिक रोजगारबाट फर्केकाहरु नै देशको आर्थिक रुपान्तरण, बिकास र समृद्धिको सम्वाहक भएको बताए । रिटर्नीहरुको सीप र अनुभव यो राष्ट्रको लागि उपयोग गर्ने, रिटर्नीहरुलाइ समाजमा पुनर्स्थापित गर्ने र आर्थिक उपार्जनमा जोड्ने कार्यमा राष्ट्रिय युवा परिषद सदैव एक कदम अगाडि बढेर यो अभियानमा निरन्तर सहयोग गर्नुपर्छ उनले भने ।

कार्यक्रममा प्रदेश सभा सदस्य बिष्णु पन्थी, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरे, गाउँपालिका महासंघ प्रदेश ५ का अध्यक्ष, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आफू स्वयं वैदेशिक रोजगारबाट फर्केकाले रिटर्नीहरुको आमस्याका बारेमा जानकार रहेको र रिटर्नीहरु एकीकृत भएकोमा खुशी ब्यक्त गर्दै मेयर घिमिरेले आफ्नो नगरपालिका रिटर्नीहरुको अभियानमा साथ रहने र आवस्यक समन्वय गर्न तयार रहेको बताए ।

सम्मेलनले कृष्णप्रसाद भुसालको अध्यक्षतामा २३ सदस्यीय प्रदेश ५ कार्यसमिति चयन गरेको छ । सो क्रममा संस्थाका लगानी बोर्ड सदस्य राजेन्द्र देवकोटाले सामुहिक लगानीको अबधारणा र अबको सम्भावनाबारे आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रममा अभियाननता डि एल शर्मा संस्थाका केन्द्रिय सदस्यहरु, सल्लाहकार तथा गण्डकी प्रदेशका अध्यक्ष नेत्रनारायण थनेत लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सिता बस्यालको अध्क्ष्यतामा आयोजना भएको थियो।

संस्थाले १३ जिल्लामा जिल्ला सम्मेलन र ३ वटा प्रदेशमा प्रदेश सम्म्मेलन सम्पन्न गरी संजाल बिस्तारलार्इ ब्यापकता दिएको छ ।

तपाईको प्रतिक्रिया