थारुको नयाँ वर्ष माघीमा सार्वजनिक विदा दिन सांसद चौधरीको माग


काठमाडौं, पुस २९ गते । नयाँ वर्षकोरुपमा मनाइने थारु समुदायको प्रमुख पर्व माघमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगा सत्गौवा थारुले सार्वजनिक विदा दिन माग गर्नुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले माघ पर्वको अवसरमा थारु समुदायलाई विदा दिन सरकारसँग माग गर्नुभयो । थारु समुदायको चाडमध्ये प्रमुख चाड माघ भएकाले त्यसको सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो ।

विगतमा ‘कमैया, कमलरीका कारण थारु समुदायले ठूलो अन्याय व्यहोरेको चर्चा गर्नुहुँदै सांसद थारुले १७ लाख ३७ हजार ४७० जनसंख्या रहेको थारुको सम्मानमा माघी पर्वमा सार्वजनिक विदा दिइनु पर्ने बताउनुभयो ।

देश तथा विदेशमा रहेका थारु समुदायलाई माघी पर्वको शुभकामना समेत दिनुभएकी सांसद चौधरीले थारु समुदायमाथि राज्यको तर्फबाट अहिले पनि विभेद कायमै रहेको गुनासो गर्नुभयो । राज्यको सबै संयन्त्रमा थारु समुदायलाई समानुपातिक र समावेशीरुपमा सहभागी गराउन पनि उहाँले माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया